चितवनको नारायणगढस्थित नविन अटोमा एफजेडएस एफ आइ भी थ्री (FZ-S V3) मोटरसाईकल सार्वजनिक

चितवन/चितवन र नवलपरासीका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता नविन अटो सेन्टरले एफजेडएस एफ आइ भी थ्री (FZ-S V3) को नयाँ डिलक्स संस्करण सार्वजनिक गरेको छ। आज शोरुममा एक कार्यक्रमका बीच उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले यो मोेडलको मोटरसाइकलको औपचारिक रुपमा बिक्री शुभारम्भ गरेका हुन् ।

शुभारम्भ पछि बोल्दै श्रेष्ठले स्वदेशमै बनेको मोटरसाइल चढ्न पाउनु नेपालीको लागि गर्वको बिषय भएको बताए । स्वदेशी माटोमा बनेको यो मोटरसाइकलले ग्राहकको मन जित्ने उनले विश्वास व्यक्त गरे । यो मोटरसाइकल जस्तै अन्य उत्पादनहरु नेपालमै बन्न सके आयात कम हुने र नेपाली अर्थतन्त्रमा ठुलो राहत मिल्ने उनको भनाई छ ।

मोटरसाइकलको बिशेषता बारे जानकारी दिदै कम्पनीका प्रबन्ध निर्देशक कपिलसागर कर्माचार्यले नयांँ डिजाइन , नयांँ लुक्स , माइलेज बढी दिने यो मोटरसाइकल नेपाली ग्राहक मैत्री हुने विश्वास व्यक्त गरे । ‘मोटरसाइकल प्रेमीहरूको मनमा बस्न सफल मोडेल हो यो । त्यसैले हामी यसको नयाँ रङ विकल्पहरू, नेभी ब्लू र मेटालिक ग्रे तथा राइडिङको अनुभव बढाउने रोमाञ्चक अपडेटहरू सहितको नयाँ भेरियन्ट सार्वजनिक गर्न पाउँदा हर्षित छौं ।’ कर्माचार्यले भने ।

फ्युल इन्जेक्शन १४९ सीसी सहित यामाहाको उत्कृष्ट टेक्नोलोजीमा निर्मित एफ आइ भी थ्री (FZ-S V3) मा एयर कूल्ड फोर(स्ट्रोक १४९ CC SOHC, दुई भल्भ, एकल,सिलिन्डर ईन्धन,इन्जेक्टेड इन्जिन माउन्ट गरिएको छ , जसले रोकिएको अवस्थाबाट उच्च गतिमा जाँदाको अनुभूति र ओभरटेक गर्दाको रमाईलो अनुभूतिलाई थप रोमान्चक बनाउने छ। यसबाहेक, यो मोटरसाइकल डुअल डिस्क ब्रेक र अगाडि एकल च्यानल एबीएसले सुसज्जित छ।

यो विशेष मोटरसाइकल मेटालिक ग्रे र नेभी ब्लुको नयाँ रङहरूमा उपलब्ध रहेको प्रबन्ध निर्देशक कर्माचार्यले बताए । नयाँ ब्याकलाइट डिजाइनले यस मोटरसाइकलको सौन्दर्यमा आधुनिक र स्टाइलिस देखिएको छ । एफ आइ भी थ्री (FZ-S V3) उत्कृष्ट ह्यान्डलिंग र मस्कुलर डिजाइनका लागि प्रतिष्ठित छ । मोटरसाइकलले प्रतिलिटर औषत ५५ किलोमिटर माइलेज दिने उनको भनाई छ । यो मोटरसाइकलको मुल्य ४ लाख ४ हजार रुपैंया तोकिएको छ ।

‘धेरै नयाँ डिलक्स संस्करणले यामाहाको स्पोर्टीनेस, स्टाइल र उत्साहका विशेषताहरूलाई साँच्चै झल्काउने छ। यामाहा एफ आइ भी थ्री (FZ-S V3) ले सधैं आफ्नो दायरा फराकिलो पार्दै प्रदर्शन र शैलीको सन्दर्भमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।’ कर्माचार्यले भने ।
यामाहा एफजेड सिरिजले नेपाली बजारमा २००८ देखि आफ्नो विरासत बनाइरहेको छ। यामाहा मोटर्सद्वारा उत्पादित मोटरसाइकलहरूको यो लोकप्रिय लाइन यसको प्रदर्शन उन्मुख सुविधाहरूको साथमा स्पोर्टी र उन्नत शैलीका लागि परिचित छ। बजारबाट प्राप्त सुझाव र प्रतिक्रियालाई निरन्तर सुधार गर्न प्रतिबद्ध रहँदै एफजेड श्रृंखलाले नियमित अन्तरालमा यसका विशिष्टता र सुविधाहरू थप गर्दै आएको छ।