पूर्पक्षका लागि जेल चलान भएका रुङ्गटालाई उच्चले दियो धरौटीमा छाड्ने आदेश, एकदिन जेल नबसी भोलीआईतबार छुट्दै ।

चितवन/आत्महत्या दुरुत्साहन मुद्धामा पूर्पक्षका लागि कारागार जेल चलान भएका उच्च घरानिया व्यवसायी प्रदीप रुङ्गटा एक दिन पनि जेल नबसी धरौंटीमा छुटेका छन्। चर्चित पोल्टी व्यवसायी शंकर कँडेलको आत्महत्या दुरूत्साहनसम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले साउन १८ गते रुङ्गटालाई पूर्पक्षका लागि जेल पठाउन आदेश दिएको थियो ।

सबै सेटिगं मिलाएर घटना भएको तीन महिनापछि अदालतमा उपस्थित भएका रुङ्गटा सेटिगं बिग्रिएर अदालतको उल्टो आदेश आएपछि पनि जेल गएनन् । विरामी भएको बहानामा अस्पताल भर्ना भएका उनी लामो समय चितवन मेडिकल कलेजमै उपचाररतकोबाहानामा भिआपि क्याबिनमा बसिरहेका छन्। जिल्ला अदालतको आदेशपछि रुङ्गटा पक्ष धरौटीमा छाड्न माग गर्दै उच्च अदालत हेटौंडा गएको थियो ।

चितवनको आदेश चित्त नबुझी उच्च अदालत गएका प्रदीप रूङ्टाको निवेदनमा उच्च अदालतले पाँच लाख ५० हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश सुनाएको छ । उच्च अदालतले भदौ २१ गते बिहिबार रुङ्गटालाई धरौटीमा छाड्ने आदेश दिएको थियो ।

शुक्रबार सार्वजनिक बिदा भएकाले भोली आइतबार मात्र रुङ्गटा धरौटीमा छुट्ने भएका अदालतका सूचना अधिकारी केशवराज कौशिकले जानकारी दिए । अनमोल फिड्सको ८५ प्रतिशत शेयर किनेका रुङ्गटाले कम्पनीको दायित्व बोध नगरी आफुलाई तनाव दिएको भन्दै व्यवसायी कँडेलले वैशाख १९ गते आत्महत्या गरेका थिए ।