मरहठ्ठाकाे संयोजकत्वमा गाेरखा चितवन पत्रकार समाजकाे तदर्थ समिति गठन
Surya Baral
|
प्रकासित मिति : १६ भाद्र २०८०, शनिबार १८:०८
चितवन । पुर्खौली घर गोरखा भई हाल चितवनलाई कार्यक्षेत्र बनाई सञ्चारकर्म गर्ने पत्रकारहरूले गोरखा चितवन पत्रकार समाज गठन गरेका छन् । विभिन्न संचार माध्यमका लागि चितवनमा रहि पत्रकारिता कार्यमा संग्लन पत्रकारहरूको भेलाले आज शनिबार भरतपुरमा गोरखा चितवन पत्रकार समाज गठन गरेको हो ।
भेलाले नविनबाबु मरहट्टाको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति बनाएको छ । तदर्थ समितिको सदस्यहरुमा शान्ता अधिकारी, रवि भट्ट(रोशी), लक्ष्मी ढकाल, तुलमान गुरुङ, सरोज उपरकोटी, सुनिल पराजुली, सनद अधिकारी र रवि रेग्मी रहेका छन । भेलाले असोज महिना भित्रमा समाजको बृृृहत भेला गर्ने निर्णय पनि गरेको छ ।