यातायात कार्यलयमा बिचौलियाको अन्त्य कहिले हुने ?
चितवन/यातायात कार्यलय भरतपुरमा बिचौंलियाको बिगबिगी बढीरहेको भएपनि नियामक निकायहरुको बेवास्ताको कारण आम सर्बसाधरण सेवाग्राहीहरुले दुःख पाईरहेका छन् ।
कार्यालय नै (दलाल)हरुको कब्जामा पर्दा कार्यालयमा सेवा लिन आउने सेवाग्रहीहरुलाई राजस्व शुल्क भन्दा दशौंगुना रकम उनीहरुले असुलिरहेको भएपनि नियामक निकायहरुको नजर नपुगेको हो ।
बिचौलियाहरुले अनेक बहानामा कार्यलय भित्रै र आसपासमा लुटपाट मच्चाईरहेको भएपनि कार्यालयका उपल्लो तहका कर्मचारीहरु भने नतमस्तक बसिरहेका छन् । कार्यालयको लाईसेन्स, सवारी जाँचपास, पटकेलगाएतका फाँटमा व्यापक मात्रमा अनियमितता भईरहेको बुझिएको छ ।
भण्डाफोर अभियानलाई श्रोतले दिएको सुचनाअनुसार यातायात कार्यालय भरतपुर अन्तरगत रहेको लाइसेन्स फाँटमा सेवाग्राहीलाई लाईसेन्स रिन्यु(नबिकरण) गर्न जादा स्मार्ट कार्डमा डिएलमा देखिएको तर ईडियलमा लिस्टमा नाम नदेखिएछि मिल्दैन भन्दै फर्काउने, सेवा छैन÷ढडामा देखिएन÷सिस्टमले देखाएन भनी डाटा ईण्ट्रीमा कार्यारत केही भ्रष्ट कर्मचारीहरुले काम नगर्ने गरेको एक सेवाग्राहीले बताए ।
सेवाग्राहीलाई हुँदैंन भनेको त्यहि काम दलाल मार्फत लाग्ने राजस्व दस्तुर बाहेक ३ देखि ५ हजारसम्म असुली हुने गरेको ति पिडीत सेवाग्राहीले गुनासो गरे ।दलालहरुले ३५० देखि फारामको ५०० सम्म बायोमेटिकको रकम लिएपनि हचुवाको भरमा बायोमेटीक हुने गरेको पनि उनले जानकारी दिए ।
टेण्डर खुलाई निशुल्क वा कम शुल्क लिएर मेडिकल गर्नुपर्ने वा सरकारी अस्पताललाई जिम्मा दिनुपर्नेमा यातायात कार्यालय भरतपुरमा दलाल मार्फत ३५० देखि मेडिकल फारामको ५०० असुली भैरहेको छ ।
नवीकरण गरि आएको लाईसेन्समा समेत १ घण्टामात्र वितरण गर्ने भनी सेवाग्राहीलाई लुट्ने काम भैरहेको छ । सेवाग्राहीलाई अफिस समयमा लाईसेन्स बाड्नु पर्नेमा कर्मचारीको अभाव भन्दै सिमित समय तोकि दलाल लगाई अबैध असुली गर्ने गरेको खुल्नमा आएको छ ।
सवारी साधन दर्ता गरि नामसारी गर्न आउँदा समेत नियमाअनुसार गाडी ल्याई प्राबिधिक परिक्षण गरि दर्ता नामसारी गर्नुपर्नेमा त्यसो नगरी रकम लिएर हचुवाको भरमा प्राबिधिक परिक्षण हुने गरेको खुल्नमा आएको छ ।
सवारी साधन जाँचपास र पटकेमा समेत ब्यापक घोटला भईरहेको खुल्नमा आएको छ । त्यस्तै, आन्तरिक लेखामा समेत ब्यापक अनियमितता भएको,आँउदै नआएको समानको समेत बिल भर्पाई मिलाएर खाने गरेको श्रोतको दाबी छ । श्रोतका अनुसार यातयात काउर्यालय भरतपुरमा राजस्वको हाराहारीमा अबैध घुसखोरी र भ्रष्टचार हुने गरेकोले तत्काल अखितयारले शिलगरी अनुसन्धान गर्नुपर्ने बताए ।
यसैबिच कार्यालयका सुचना अधिकारी गोबिन्द पौंडेलसँग केही बुझ्न खोज्दा उनले कार्यलयबाट सिधै सेवा दिईरहेको र कार्यालयमा बिचौंलिया नरहेको जिकिर गरे । सुचना अधिकारी पौंडेलले कार्यालयमा बिचौंलिया नरहेको बताईरहेपनि अधिंकास सेवाग्रहीहरुले बिचौंलिया मार्फत नै काम गर्नु परेको बताए । यता भरखरै मात्र सरुवा भई चितवन आएका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जिल्लाका सरकारी कार्यालयहरुबाट बिचौंलियाको अन्त्य गरेरै छाड्ने प्रतिबद्धता गरेका छन् ।