निर्वाद गाई गोरुको तस्करी, प्रहरी प्रशासन मुकर्दशक !
सुर्य बराल/चितवन/पश्चिम तराईका जिल्लाहरुको नाका हुँदै नेपाल प्रबेश गरेका हजारौं गाई गोरुहरु नेपालको बाटो भएर पुनंः पुर्बी नाकाबाट भारत हुँदै बङ्गलादेशसम्म तस्करी भईरहेको छ । उसो त भारतीय मात्र होईन नेपालमै रहेका गाईगोरुलाई समेत तस्करहरुले यहि तरिकाबाट बङ्गलादेशसम्म बर्षौदेखि तस्करी गरिरहेको भएपनि सम्बन्धित सरोकारवालाहरु तै चुप मै चुप बसिरहेका छन् ।
मासुका लागी तस्करी हुने यस्ता गाईगोरु मुख्यतः कृष्णनगर र रुपन्देहीका बिभिन्न खुल्ला नाका हुँदै छिमेकी देश भारतबाट नेपालमा खुलम खुल्ला गाई गोरुको तस्करी भईरहेको छ । मासुका लागी गोरु संङ्गै गाईको समेत नेपालबाट बङ्गालादेशसम्म तस्करी निर्वाद शुरु भईरहेको पाईएको हो । बेलाबेलामा रोकिदै पश्चिम नेपालतिरबाट आईरहने दर्जन बढी ट्रकमा गोरु सङ्गै नेपाली राष्ट्रिय जनवार गाईको समेत खुलम खुल्ला तस्करी भईरहेपनि कानुन कार्यान्वयन गर्नुपर्ने राज्यको निकाय प्रहरी प्रशासन मुकर्दशक बनेको हो ।
ति गोरुहरु कपिलबस्तु, रुपन्देही, नवलपरासी, नवलपुर, चितवन हुँदै मकवानपुर, बारा, रौतहट, सर्लाही, महोत्तरी, सिराहा, सप्तरी, सुनसरी, मोरगं हुदैं झापाको काँकडभिट्टासम्म पुग्ने गर्दछन । झापा पुगेका ति गोरुहरुलाई काकँटभिट्टा लगाएतका नाका बाट पुनः भारतको पानीटंकी, सिलगुडी हुँदै बङ्गालादेशसम्म पुर्याउने गरेको बर्षौं भईसकेको छ । यस बिषयमा भण्डाफोर अभियानले यस अघि पनि पटक पटक समाचार प्रकाशन गरिरहे पनि न्यायलयसम्म पहँुच पुर्याएका तस्करहरुले अदालतबाट समेत देशभित्र एकदेखि अर्को स्थानमा गाईगोरु लान ल्याउन पाईने ब्यबस्था गराउन आदेश गराउन सफल भएकाले यो धन्धा निर्वाद चलिरहेको छ ।
गाईगोरुको देशभित्र सबत्र लान ल्याउन पाईने ब्यबस्था गराउन सफल गिरोहले प्रत्यक जिल्लाका प्रहरीहरुका साथै चल्तापुर्ता दादाहरुलाई समेत सेटिङ्ग मिलाएको पाईएको छ । जिल्ला र मातहतका चौंकी ईन्चार्ज लगाएतका अन्य प्रहरीसँगको मिलेमतोमा निर्वाद तस्करी भईरहेको पाईएको छ ।
तस्कर समुहका नाईकेहरुले स्थानिय तह, क्वारेन्टाईन लगाएतमा कागजपत्र मिलाउनुका साथै प्रहरी प्रशासनसँग कुरा मिलाउदै गोरु भारतको उत्तराखण्ड र उत्तरप्रदेशको नेपालको नाका पार गरी पश्चिम नेपालबाट पुर्बपश्चिम लोकमार्ग हुँदै झापाबाट सिलगुडी हुँदै बङ्गालादेशसम्म तस्करी गराईरहेको बुझिएको छ ।
यसरी, सयौंको सख्ँयामा गोरुमाथी गोरु र गोरु सङ्गै नेपालको राष्ट्रिय जनवार गाईलाई ट्रकमा दुई तला बनाई राखीएको भएपनि प्रहरीले कुनैं कार्बाही गर्न नसकेको श्रोतको दाबी छ । श्रोतका अनुसार गोरु सँगै तस्करहरुले गाईलाई समेत तस्करी गर्ने गरेको खुल्नमा आएपनि प्रहरी मुकर्दशक बस्नुले गम्भिर आशंका बढाएको हो । बाकी थप .