ठूलालाई चैन सानालाई ऐनः रूङ्टालाई किन लगिएन अझैं जेल !
चितवन/चितवनका चर्चित युवा व्यवसायी एवम् नेपाली कांग्रेस चितवनका नेता शङ्कर कँडेलको आत्महत्या दुरूत्साहनसम्बन्धी मुद्दामा चितवन अदालतद्धारा पुर्पक्षका लागि कारागार९जेल० चलान आदेश भएका धनाढ्य व्यवसायी प्रदीप रूङ्टालाई अझैं कारागार लगिएको छैंन् ।
जनसामान्यलाई घिसार्दै, लतार्दै हिरासत र कारागार लैजाने नेपालको कानुनी निकायहरु प्रहरी प्रशासनले रुङ्गाटालाई भने बिरामीको निहुँमा स्टार होटल सरहको अस्पतालको भिआईपि क्याबिनमा मस्ती गर्न छुट दिएको छ ।
गत साउन १८ गते चितवन जिल्ला अदालतका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको एकल इजलासले रूङ्टालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिए भएपनि पैसाको शक्तिले गर्दा रूङ्टा सोही दिनदेखि बिरामी भन्दैं उपचारको नाममा अस्पतालको क्याबिन चहार्ने काम गरिरहेका छन् ।
अदालतको आदेश लगत्तै बिरामी भएको भन्दै रूङ्टाका सहयोगीले उनलाई तत्कालै भरतपुर अस्पतालमा भर्ना गराएका थिए । ब्लडप्रेसर बढेको भन्दै अदालतमै बेहोस बनेका रुङ्गाटालाई केही दिनको उपचार र अस्पताल बसाईपछि भरतपुर अस्पतालले गत् भाद्र ८ गते दिउँसो डिस्चार्ज गरेको थियो ।
डिस्चार्ज भएपछि कारागार लगिएका रूङ्टालाई पुनंः रात समेत नबिताई सोही दिन बेलुका बिरामीको बाहाना गर्दै सेटिङमा उनलाई चितवन मेडिकल कलेज पुर्याईएको थियो।
चितवन मेडिकल कलेज ९सिएमसी० अस्पतालका निर्देशक डा।दयाराम लम्सालले रूङ्टा सिएमसीमै उपचाररत रहेको जानकारी दिए । मंगलबार भण्डाफोर अभियानकर्मीसँगको संवादमा निर्देशक लम्सालले रूङ्टा सिएमसीमा रहेको पुष्टि गर्दै यसबारे थप बुझ्न रूङ्टाको उपचारमा कार्यरत डा। श्याम रेग्मीलाई सम्पर्क गर्न भने ।
यता डा। श्यामरेग्मीसंग बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।
उच्च अदालतसम्म सेटिङ्ग मिलाएर केही समयपछी धरौंटी खुलाई तारिखमा निस्कने योजना मुताबिक रुङ्गाटा अदालतले जेलमा बस्ने आदेश गरे पनि बिरामी भएको भन्दै आदेश भएकै दिनबाट अस्पतालमा बसेका छन् ।
आरोपी रुङ्गाटालाई अस्पतालको क्याबिन डुलाउदैं कारागार जानबाट उन्मुक्ति दिईरहेको दृष्य देखेका कयौं चितवनबासीले त्यसै भनिएको रहेनछ, ठूलालाई चैन सानालाई ऐन भन्दै प्रतिक्रिया दिन थालेका छन् । देशमा आम सर्बसाधरणको लागी होईन कुलिनहरुको लागी मात्र लोकतन्त्र आएको भन्दै उनीहरुले प्रतिक्रिया दिईरहेका छन् ।
स्मरण रहोस, गत् वैशाख १९ गते आफ्नै कार्यकक्ष ९अनमोल फिड्स०मा व्यवसायी शंकर कँडेल झुण्डिएर आत्महत्या गरेका थिए । अनमोल फिड्स रूङ्टाले कँडेलसँग किनेका थिए । यही किनबेचको कारोबारमा आफूलाई झुक्याएर पासोमा पारेको भन्दै कँडेलले झुन्डिएर आत्महत्या गरेका थिए ।