लक्की फिल्मी अवार्डमा कलाकार सहित उत्कृष्ट काम गरेकाहरु पनि सम्मानित हुने
झण्डै दुई दर्जन कलाकारलाई विभिन्न विधामा अवार्ड दिने तयारी भैरहेको छ । अवार्ड वितरण कार्यक्रममा समाजमा उत्कृष्ट प्रशंसनीय काम गरेका व्यक्तिलाई समेत सम्मान गरिने लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले बताए ।
मोफसलमा रहेर पनि सक्रिय पत्रकारिता गरेका पत्रकार, स्वास्थ क्षेत्रमा योगदान पुर्याएका चिकित्सक, शिक्षा क्षेत्रमा योगदान गरेका शिक्षकलाई पनि सम्मान गरिने बताए । यस्तै चितवनको खेल जगतमा योगदान गरेका खेलाडी, उद्यमशिलता-रोजगारी प्रवर्द्धन गर्न योगदान गरेका व्यवसायीलाई सम्मान गरिने छ ।
महाप्रबन्धक कार्कीले सिने क्षेत्रलाई स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन गुणस्तरीय सिनेमा निर्माणका लागि अवार्ड कार्यक्रमले सघाउने बताए । कलाकारको योगदानको कदर गर्नेुपर्नेमा जोड दिए । अवार्ड वितरणका लागि नोमिनेसनको काम हुन थालेको छ। अवार्ड छनौटका लागि जूरी टिमले कार्यविधि बनाएर काम गर्न थालेको बताए ।
हल सञ्चालक सम्मान , चलचित्र बितरक सम्मान, समाजसेवी सम्मान जस्ता कार्यक्रमहरु पनि हुने बताए ।२०७१ सालमा स्थापना भएको लक्की मिडिया हाउसले चितवनबाट सिनेमा बजारको प्रचार, प्रर्वद्धनका काम तथा इभेन्टसहरु गर्दै आइरहेको छ ।