यातयात कार्यालय भरतपुरमा बेथिती नैं बेथिती ।
सुर्य बराल/यातायात कार्यलय भरतपुरमा बेथिती नैं बेथिती बढेको अवस्था छ । कार्यालयको लाईसेन्स लगाएतका फाँटमा व्यापक अनियमितता भएको हो । कार्यालय अन्तरगत रहेको लाइसेन्स फाँटमा सेवाग्राहीलाई दुख दिने कार्य बढ्दै कार्यलयमैं बेथिती नैं बेथिती बढ्नुका साथै ब्यापक अनियमितता बढेको हो ।
कार्यालयका कर्मचारीबाट पिडीत एक सेवाग्राहीले दिएको जानकारी अनुसार सेवाग्राहीले लाईसेन्स रिन्यु गर्न जादा स्मार्ट कार्डमा डिएलमा देखिएको तर ईडियलमा लिस्टमा नाम नदेखिएछि मिल्दैन भन्दै फर्काउने तर यातायात कार्यलय आसपास रहेका दलाल मार्फत लाग्ने राजस्व दस्तुर बाहेक ३ देखि ५ हजारसम्म असुली गर्ने कार्य भैरहेको छ । त्यस्तै उनका अनुसार सेवा छैन÷ढडामा देखिएन÷सिस्टमले देखाएन भनी डाटा ईण्ट्रीमा कार्यारत केही भ्रष्ट कर्मचारीहरुले बदनियतपुर्बक आम सर्बसाधर्णलाई दुःख दिने र रकम बार्गेनिङ गर्ने गरेको ति पिडीतले गुनासो गरे ।
त्यस्तै अर्का एक पिडीतका अनुसार बायोमेटीक गर्न आउँदाको झमेला नै झमेला गरी रकम खाने गर्दछन् । लाईसेन्स अनलाइनको फारम भरीसकेपछी सेवा ग्राहि बायोमेटिक गर्न यातायात कार्यालयमा आउँदा बिहान ६ बजेबाट लाईन बसी दुःख पाएकालाई÷गेट बाहिर रहेका दलालहरुले ३५० देखि फारामको ५०० सम्म टास्नै नपर्ने टिकट टास्न लगाई असुली गर्ने गरेको उनले दुखेसो गरे । साथै पैसा दिएपछि हचुवाको भरमा बायोमेटीक हुने गरेको पनि उनले जानकारी दिए ।
यातायात कार्यालय भरतपुर अफिसले टेण्डर खुलाई रु ५० सम्म मेडिकल हुनुपर्ने वा सरकारी अस्पताललाई जिम्मा दिनुपर्नेमा दलाल मार्फत ३५० देखि मेडिकल फारामको ५०० असुली भैरहेको जबकि अन्य यातायात कार्यालयमा १०० रुपियाँ देखि निशुल्क मेडिकल हुने गरेको स्वंय भुक्तभोगीहरु बताउछन् ।
त्यस्तै यातायात कार्यालय भरतपुरका कर्मचारीले बिदेशमा रहेकाहरूको लाईसेन्स रिन्यु गर्न आउँदा शुरुमा हुन्न भन्ने पछि लाईसेन्स फाटँबाट लाग्ने राजस्व दस्तुर बाहेक रु १० देखि ३० हजारसम्म घुस लिई नवीकरण हुने गरेको जानकारीमा आएको छ । जबकि कानुनमा सम्बन्धित मानिस स्वयं उपस्थित भै मेडिकल रिपोर्टको आधारमा लाइसेन्स रिन्यु गर्नुपर्नेमा पैसाको आधारमा पद एवं अख्तियारीको व्यापक दुरुपयोग गरेको बुझिएको छ ।
यति मात्र होईन यातायात कार्यालय भरतपुर चितवनमा केही भ्रष्ट कर्मचारीहरुले आफ्नो पदको दुरुपयोग गर्दै अनियमितता नै अनियमितता गर्ने गरेकोले अख्तियार लगाएतका कार्यालयले छानबिन गर्नुपर्ने माग बढेर गएको छ ।
यसैबिच, चितवनको भरतपुरमा रहेको यातायात कार्यालयमा अव्यवस्थित र अनियमिता भएको गुनासो बढेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० को सुझाव पेटीकामा यातायात कार्यालयमा अव्यवस्थित पार्किङ, लाइसेन्स फर्म र मेडिकल जाँचमा चर्को शुल्क लिने गरेको सम्मका गुनासा आएका छन् ।
त्यसलाई सुधार गर्दै चुस्त दुरुस्त र व्यवस्थित बनाउन भरतपुर महानगरपालिका वडा नम्बर १० ले यातायात कार्यालयलाई निर्देशन समेत दिएको छ । वडाध्यक्ष परमेश्वर खनालले केही दिन अघि कार्यालयलाई पत्र नै काटेर व्यवस्थापन गर्न निर्देशन दिएका हुन् ।
सेवाग्राहीहरुले मेडिकल जाँच गरेको शुल्क ३ सय ५० रुपैयाँ लिएको गुनासो आएकाले तत्काल व्यवस्थापन गर्न निर्देशन दिएको खनालले बताए । यातायात कार्यालय वरपर दैनिक जसो हुने सवारी साधनहरुका कारण अव्यवस्थित भएकाले उचित पार्किङ व्यवस्थापन गर्न निर्देशन दिएका थिए ।
कार्यालयमा आउने सेवाग्राहीहरुको मर्कालाई ख्याल गर्दै सेवालाई छिटो छरितो बनाउँन अध्यक्ष खनालले लेखेको पत्रमा उल्लेख छ । विल बुक, लाइसेन्स नविकरण तथा लाइसेन्स,नबिकरण, मेडिकल फर्ममा चर्को शुल्क लिएको गुनासो भएकोले राज्यले तोकेको शुल्कभन्दा बढी शुल्क नलिन निर्देशन दिईएको थियो ।आजको राजधानी आस्थाबाट