उच्च जोखिमको तह नाघेपछि सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

सप्तकोशी नदीमा पानीको बहावले उच्च जोखिमको तह नाघेपछि सबै ढोका ५६ वटा खोलिएको छ। यस नदीमा यो वर्षकै उच्च मापन गरिएको छ। सोमबार बिहान ४ बजेको पछिल्लो मापनअनुसार सप्तकोशी नदीमा पानीको बहाव ४ लाख ६२ हजार ३४५ क्युसेक पुगेको प्रशासनले जनाएको छ।

उच्च तह पार गरेपछि आइतबार राति नै कोशी ब्यारेजका सबै ढोका खोलिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सबै ढोका एकैपटक खोलिएपछि कोशी नदीको तटीयमा क्षेत्रमा रहेका सर्वसाधारणलाई सतर्क रहन प्रशासनले आग्रहसमेत गरेको छ।

शनिबारदेखि देशभर परेको अबिरल वर्षाले देशका सबै नदीहरुमा बाढी आएको छ। आज पनि देशका अधिकांश स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

sahid diwas