नारायणी नदीले सतर्कता तह पार ग¥यो, सर्तकता अपनाउन अपिल

चितवन/नारायणी नदीले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विभागका अनुसार राती साढे नौ बजे नारायणी नदीको देवघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको हो ।
देवघाटको जलमापन केन्द्रका अनुसार अहिले नारायणी नदीमा सात दशमलव ८५ मिटर पानीको सतह रहेको छ । देवघाटमा सात दशमलव तीन मिटर पानीको सतह पुग्दा सतर्कता तह मानिन्छ । नदीमा यस वर्षकै उच्च पानीको सतह पुगेको मापन केन्द्रले जनाएको छ ।
नारायणी नदीको जल मापन केन्द्रमा पानीको सतह नौ मिटर पुगेपछि खतराको तह मानिन्छ । नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि चितवन र नवलपरासीको नारायणी नदी तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन प्रशासनले अपिल गरेको छ ।