ट्राफिक प्रहरीको सेण्डिगेट र आतंक बढ्दै: यातायात ब्यबसायी

जिल्ला ट्राफिक कायालयमै प्रमुख र ब्यबसायीबिच चर्काचर्की ।

चितवन/चितवनमा ट्राफिक प्रहरीको सेण्डिगेट र आतंक बढ्दै गएको छ । जिल्लामा ट्राफिक ब्यबस्थापनमा जोड दिनुपर्ने ट्राफिक प्रहरी अबैध असुलीको सेटिङ्गमा लाग्दा बजार एवं सडक क्षेत्र अस्तब्यस्त हुनुका साथै ब्यबसायीहरु आतंकित बन्न पुगेका हुन् ।
जिल्ला ट्राफिक प्रमुख राजकुमार तामाङ्गको प्रबृती र शैलीले जिल्लाका यातायात ब्यबसायीहरु आतंकित बन्न पुगेकोले प्रमुखको यस्तो गैरब्यबसायिक हर्कत नरोकिएमा सडक आन्दोलनमा जानुको बिकल्प नरहेको स्वंय पिडीत ब्यबसायीहरुले बताएका छन् ।
ट्राफिक प्रमुख तामाङ्गले जिल्लामा चल्ने सार्बजनिक यात्रुबाहक सवारीका साधनहरुलाई आफ्नो स्वार्थअनुकुल सेण्डिगेट लगाउदै जरिवानाको रुपमा दिनभरको कमाई नै हडप्न थालेको भन्दै ब्यबसायीहरु बिरोधमा उत्रिएका हुन् ।
सोमबार जिल्ला ट्राफिक कार्यालयमा सोही बिषयमा प्रमुख तामाङ्ग र ब्यबसायीहरुबिच चर्काचकी भएको आफ्नो नाम नबताउने शर्तमा एक ट्राफिक प्रहरीले भण्डाफोर अभियानलाई जानकारी दिएका छन् । उनका अनुसार ब्यबसायीहरुको प्रश्नको जवाफ दिन नसकेका तामाङ्ग अन्त्यमा जे गर्न सक्नुहुन्छ गर्नुस भन्दै ब्यबसायीलाई धम्काउदै कार्यालयबाट बाहिरिएका थिए ।
ब्यबसायीहरुले पनि आफुहरु नियमअनुसार चल्न पाउने भन्दै नजराना नबुझाएको आधारमा पक्षपाती ब्यबहार आफुहरुलाई सह्ैय नहुने बताएको उनले जानकारी दिए ।
बिवादको बिषय के ?
नारायणगढ बजार क्षेत्रमा सवारी आवागमन र बजारमा पार्किङ्ग समस्यालाई मध्यनजर भरतपुर महानगरले जिल्लामा सञ्चालित र जिल्ला भएर गुड्ने यातयातका साधनहरु सञ्चालन सम्बन्धी सर्बपक्षिय सहमति गराएको थियो ।
सो सहमतिको एक बुँदा अनुरुप टाँडी पर्सा भण्डारा चल्ने बस, मिनीबस र म्याजिक भ्यानहरु केन्द्रिय बसपार्कबाटै फर्किनुपर्ने भन्ने छ । पुर्बपश्चिम चितवनबाट आएका बसहरु बजार झर्दा बजारमा ट्राफिक ब्यबस्थापन गर्न गर्न गाह्रो भएकोले महानगरको नेतृत्वमा उक्त सर्बपक्षिय सहमति भएको यातायात ब्यबसायीहरु बताउछन् ।
तर अहिले जिल्ला ट्राफिक प्रहरी प्रमुखले अर्को समितीका गाडीहरुलाई नजराना बुझेको आधारमा छुट दिएको र अरुलाई नदिएको ब्यबसायीहरुको आरोप छ ।
नेपाल यातायात ब्यबसायी राष्ट्रीय महासंघका उपाध्यक्ष भुवन बरालका अनुसार ब्यबसायीका बसहरु बनाउन नारायणगढ बजारमा आँउदा समेत ट्राफिकले जरिवाना गराउने गरेको बताए । उनले अगाडी थपे ब्यबसायीले गाडी बनाउन आउन पनि नपाउने ? यो कहाँको नियम हो ? नेपाल सरकारको रुटपरमिट लिई नियमसंगत रुपमा सञ्चालित बसहरुलाई ट्राफिक प्रमुख तामाङ्गले रोक्नु गलत हो भन्दै उपाध्यक्ष बरालले यस्तो संकटको बेलामा ब्यबसायीलाई अनेक बहानामा दुःख दिई अबैध असुलीको मनाशय राख्नु ट्राफिक प्रमुख तामाङ्गको गैंह्र ब्यबसायीक चरित्र देखिएको आरोप लगाए ।
अर्का ब्यबसायी ओम शान्ती माईक्रोबस ब्यबसायी संघका अध्यक्ष प्रदिप हमालले आफुहरुले पैसा नदिएकै कारण निर्वाद चल्न पाउने आफ्ना बसहरुलाई ट्राफिक प्रमुखले नियमबिपरित सेण्डिकेट लगाई रोकेको आरोप लगाए । उनले भने यदि यस्तै हो भने सडक जाम गर्नुपरेपनि हामी आफ्ना सवारी सडकमै तेसारेर जाम गर्न हामी बाध्य हुनेछौ ।
ट्राफिकको नियम पैसामा
नियमको कुरा गर्ने ट्राफिक प्रमुख तामाङ्गले नारायणगढ बजारमा सार्बजनिक सवारी साधनलाई पार्किङ्ग नगराउने महानगरको नेतृत्वमा भएको उक्त सहमति बिपरित पुलचोकस्थित स्वामी गुणचन्द्र बिष्टको जग्गामा नजराना बुझ्दै पार्किङ्ग गर्न दिएका छन् । होईन भने उनले किन नारायणगढ पुलचोकलाई अस्तब्यस्त बनाउने गरी त्यो निजी जग्गामा सार्बजनिक सवारीलाई पार्किङ्ग गर्न दिएका हुन त् ? चौंतर्फी प्रश्न उठेको छ ।
लाईसेन्सबाट समेत कमाई
ट्राफिकसहितको मिलेमतोमा चितवनको यातयात कार्यलयले सवारी लाईसन्सेसमा ब्यापक घुसखोरी गरिरहेको खुल्नमा आएको छ । भण्डाफोरलाई प्राप्त एक सुचना अनुसार यातायात कार्यालय भरतपुरका केही भ्रष्ट कर्मचारी र ट्राफिक प्रहरीसहितको मिलेमतोमा पास भएकालाई पनि फेल गराउने र फेल भएकालाईपनि रु २५ हजार रकम लिई फेल भएकालाई पनि पास गराउने खेलो भईरहेको खुल्नमा आएको छ । यस बिषयमा हामी आगामी अंकमा थप खोजी गरी सबिस्तार समाचार पस्किने नै छौं ।
आम ब्यबसायी र सर्बसाधरणलाई नियमको डण्डा चलाई दुःख दिन माहिर ट्राफिक प्रहरी सडकमा बिग्रेका गाडीहरु कयौंदिनसम्म राजमार्गमै रहँदासमेत तमासे बस्ने गरेको आम नागरिकहरुको गुनासो छ ।
यसैबिच, ट्राफिक प्रमुख तामाङ्गलाई नेपाल सरकारले रुटपरमिट प्रदान गरी नियम समम्त सञ्चालित सवारीहरुलाई सेण्डिकेटलगाउन मिल्छ भन्ने प्रश्नमा उनले आफुहरुले महानगरमा भएको निर्णय अनुसार रोकेको बताए । हामीले सोधेको अर्को प्रश्नमा बुटवल लगाएतका स्थानमा चल्ने बसहरु किन नारायणगढ पुलचोकमा पार्किङ्ग सहित चल्न दिएको त् भन्दा नाजवाफ भए । यसरी जिल्लामा ट्राफिक प्रहरीको गलत रबैयाले ब्यबसायीहरु पिडीत बनेको भन्दै यातायात ब्यबसायीहरु आन्दोलनमा उत्रने तयारी गरेका छन् ।
आजको भण्डाफोर अभियान साप्ताहिकबाट