खाधन्नमा कालोबजारी, कस्ले कहिले गर्ने कार्बाही ?
चितवन/केही दिन अघि देखि भारत सरकारले नेपालमा आयत हुने चामलमा रोक लगाएको छ । भारतले चामल निर्यातमा रोक लगाएको भोलीपल्टदेखि नैं ब्यापारीहरुले चितवनको नारायणगढ, टाडी, पर्सा लगाएतका बजारमा चामलको मुल्यमा प्रतिबोरा २०० देखि ५०० सम्म बढाएर उपभोक्ताको ढाड सेक्ने हर्कत गरेको देखिन्छ ।
साउनको पहिलो साता भारतको वैदेशिक व्यापार महानिर्देशनालयले सूचना जारी गर्दै बासमती बाहेकका सबै चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो । भारत सरकारको उक्त निर्णयलाई देखाएर चितवन लगाएत देशैभरका व्यापारीहरुले चामलको मूल्य अप्रत्याशित रुपमा बढाएका हुन् ।
तर, भारतले चामल रोकेपनि धान निर्यात नरोकेका कारण चामलमा मुल्य बढाउनुपर्ने देखिदैंन् । किनकी नेपालमा भारतबाट चामलभन्दा ठूलो परिणाममा धान आयात हँुदै आइरहेको छ । भारतले हालसम्म नेपालमा धानको निर्यात रोकेको छैन । जबकी तथ्याकं अनुसार नेपालमा चामल भन्दा धान बढी आयत हुन्छ ।
गत आर्थिक वर्ष २०७९÷८० को तथ्यांकलाई हेर्दा भारतबाट नेपालमा १९ अर्ब ९९ करोड रुपैयाँको धान आयात गरेको देखिन्छ । जबकी सोही आर्थिक वर्षमा करिब १५ अर्ब रुपैयाँ हाराहारीको मात्र चामल आयात भएको तथ्याङ्क छ ।
गत आर्थिक वर्ष नेपालमा चामलभन्दा धान धेरै आयात भएको छ । यस्तै, भारतले अहिले धानको निर्यात नरोकेको साथै आफनै उत्पादनलाई समेत जोड्दा नेपाली धान उद्योगहरु समेत पूर्ण क्षमतामा चल्न गई मूल्य घट्नुपर्नेमा उल्टो ब्यापारीहरुले कालाबजारी गरिरहेका छन् ।
चामल निर्यात रोक्ने भारत सरकारको उक्त निर्णयबाट नेपाललाई ठूलो प्रभाव पर्ने देखिँदैन । किनकि, नेपालले भारतबाट चामलभन्दा ठूलो परिणाममा धान आयात गर्दै आइरहेको छ । र, भारतले धानको निर्यात रोकेको छैन ।
तर, पनि खाधान्न व्यापारीहरुले चामलको मूल्य बढाएका हुन् । मौंकामा चौंका हान्ने भने झैं ब्यापारीहरुले दिउँसै रात पार्नेगरी चामल लगाएतका खाधान्नमा चर्को मूल्यबृद्धि मात्र गरेका छैंनन् पुरै कालाबजारी गरेका छन् तर पनि सरकार, सरकारी निकाय, राजनितीक दलहरु र अनुगमन संयन्त्रहरु तैं चुप मैं चुपको अवस्थामा किन बसेका छन् ? यो बुझि नसक्नु भएको छ ।
जबकि, नेपाल सरकारको मातहतको रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा समेत असोज महिनासम्म पुग्ने चामलको मौज्दात छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार कम्पनीमा मौज्दात चामलले दशैंसम्मको माग धान्छ ।
मन्त्रालयले देखाएको रेकर्ड अनुसार हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा ९८ हजार क्विन्टल चामल मौज्दात छ । थप ४० हजार क्विन्टल चामल कम्पनीमा आउँने भन्ने छ । यस्तै, कम्पनीसँग रहेको धान, गहुँ र चामलसहितको भण्डारण १ लाख ८६ हजार क्विन्टल छ ।
खाधान्न ब्यापारीहरुसँग समेत भारतले चामल निर्यात रोक्नु अघि नै पर्याप्त मात्रामा बैध अबैध दुबै तरिकाले सञ्चित धान र चामलको ठूलो भण्डारण रहेपनि भारतले चामल निर्यातमा रोक लगाएको बाहानामा किन कालाबजारी भईरहेको छ अनि राज्यसंयन्त्र पुरै फेल सावित यो बुझिनसक्नु छ ।
यस्तै, रुस–युक्रेन युद्धलाई देखाएर ब्यापारीहरुले अन्य दैनिक उपभोग्य बस्तुहरुमा पनि ब्यापक मूल्यबृद्धि गरेका छन् । यसैबिचयस बिषयमा बजारमा ब्यापक कालोबजारी भईरहेको छ तपाईहरु के हेरी बसिरहनुभएको छ ? भनि सोध्दा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौंडेलले आफुलाई कहि कतैंबाट गुनासो नआएको भन्दै कालाबजारी जस्तो बिषयमा हल्का टिप्पणी गरे । उनले अगाडी थपे म बुझेर सबै पालिकालाई अनुगमनको लागी भन्छु । आजको भण्डाफोर अभियानबाट