चितवनमा मिटरब्याजी छ्यापछ्याप्ती, प्रहरी प्रशासन किन पिडीतमैत्री बन्दैनन् ?
चितवन/चितवनमा मिटरब्याजीहरुको जर्बजस्त बोलवाला रहेको छ । प्रशासन, प्रहरी, राजनितीक दल र सामाजिक, ब्यबसायिक तथा बित्तिय सँस्थामा उनीहरुको जर्बजस्त पकड रहेको कारण उनीहरुको धन्धा निर्वाद चल्नुका साथै पिडीतहरुको आवाज गुमसुम बन्ने गरेको हो ।
जिल्लामा एकसय एक नामुद मिटरब्याजीहरु रहेपनि उनीहरुलाई अहिलेसम्म कानुनले छुन सकेको छैन् ।
बैंक तथा बित्तिय कारोबार गर्ने सँस्थाहरुले झै रकम लगानी गर्ने यस्ता मिटरब्याजी सुदखोरहरुले क्रृणीको घरघराना, जग्गा दृष्टि बन्धक वा रजिष्ट्रेशन पास गरेर राख्नुका साथै लगानीका बखत क्रृणीको दस्ताखत गराएर खाली चेक लिने वा चेकमा मनमौंजी रकम भरि आफुसँग राख्ने अनि जुनदिन मिटरब्याज आउन बन्द हुन्छ चेकवाउन्सको नाममा प्रहरीमा लगी हैरानी दिने वा अदालत मार्फत पिडीत क्रृणीहरुको जायजेथा हडप्ने क्रम बढीरहेको छ ।
आम सर्बसाधरण र साना ब्यबसायीहरु बर्षेनी यस्ता मिटरब्याजीहरुको पासोमा परी आफ्नो ब्यबसाय, घरघराना, जायजेथा र सर्बस्व गुमाउन बाध्य भईरहेपनि बिगतमा काुनन अभावको कारण देखाई प्रहरी प्रशासनले उनीहरुलाई उन्मुक्ती दिईरहेको थियो ।
गत केही दिन अघि नेपाल सरकारले मिटरब्याजसम्बन्धी कानुन पास गरिसकेको भएपनि जिल्ला प्रहरी कार्यालय चितवनमा भने अझै मिटरब्याजीहरुको चेकवाउन्सका कार्यहरु भईरहेको जिल्ला प्रहरी कार्यालयका एक प्रहरीले जानकारी दिए ।
यता एक मिटरब्याजपिडीत महिलाका अनुसार एसपीलाई समेत गुमराहमा पार्दै बरिष्ठ सई राम कार्कीले मिटरब्याजीहरुको चेक वाउन्स असुली गराउन पिडीतहरुलाई हिरासतमा लिने भन्दै धम्की दिने गरेको बताईन् । ति पिडीतका अनुसार सई कार्कीले पिडीतमैत्री ब्यबहार नदेखाएको पनि दुखेसो पोखिन ।
उता अर्की एक पिडीतका अनुसार आफुले भरतपुर महानगरका कार्यपालिका सदस्यसहित एसपीलाई आफ्नो वाउन्स भएको चेक मिटरब्याजको भएको भन्ने भन्दा भन्दै एसपीलाई समेत गुमराहमा राख्दै सई कार्कीले ती मिटरब्याजीको चेक वाउन्स गराएको गुनासो गरिन् ।
यी त् प्रतिनिधी घटना मात्र हुन जिल्लामा दैनिक आउने चेक वाउन्सका अधिकांस घटनाहरु मिटरब्याजको हुने गरेको स्वंय त्यहि कार्यरत प्रहरीहरु बताँउछन् ।
यसैबिच, जिल्लामा धमाधम मिटरब्याजीका चेक वाउन्स गरार्ईरहनुभएको छ है भनि बरिष्ठ सई कार्कीलाई सोध्दा उनले त्यस्तो नगरेको बताए । सई कार्कीले आफुहरुले स्टेटमेण्ट हेरेर मात्र काम गर्ने गरेको बताए । सई कार्कीले स्टेटमेण्ट हेरेर मात्र काम गर्ने बताए ।
यता, यहि बिषयमा किन प्रहरी मिटरब्याजपिडीतमैत्री छैनन् ? भनि सोध्दा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक रामेश्वर कार्कीले प्रहरी मिटरब्याजपिडीतमैत्री नै रहेको भन्दै मिटरब्याजीहरुले सिधैं आफुलाई भेटी गुनासो राख्न सक्ने बताए । साथै मिटरबयाजी हो भन्ने लागेमा आफुहरु जो कोहीलाई अनुसन्धान गर्न पछी नपर्ने बताए। आजको भण्डाफोर अभियानबाट