आज साउने संक्रान्ति पर्व, घरघरबाट लुतो फाल्ने दिन
काठमाडौं/आज साउने संक्रान्ति पर्व, परम्पराअनुसार स्नान, दान र आफन्तहरू जमघट भई रमाइलो गरी मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिको रुपमा मनाउने परम्परा छ ।
साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ ।
अधिकांश नेपालीहरू असार महिनाभर रोपाइँमा व्यस्त हुने भएकाले हिलो मैलोबाट लाग्ने छालासम्बन्धी रोग ठिक पार्न भन्दै साउने संक्रान्तिको दिन लुतो फाल्ने चलन पनि चलिआएको छ ।
परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।
लुतो फाल्दा आआफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ ।
न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।
लभधकबदजष्थबल
सम्बन्धित सामाग्री
ताजा
धेरैले पढेको
परम्परागत नीतिलाई परिवर्तन नगरी स्वाधिन अर्थतन्त्र निर्माण हुन सक्दैनः लिलामणि पोखरेल
नेता गान्धीद्वारा सर्वोच्चमा पुनरावेदन
ललिता निवास प्रकरण स् पक्राउ परेका १७ जना थप पाँच दिन हिरासतमै राख्न अनुमति
राष्ट्रपतिबाट बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण
पर्सामा तीन ठाउँको सार्वजनिक जग्गा भू–माफियाको कब्जामा रहेको सम्पदा संरक्षण अभियन्ता अन्सारीको खुलासा ९भिडियो सहित०
संसदको प्रत्यक्ष प्रशारण
न्यायाधीश नियुक्ति चाँडै स् प्रधानन्यायाधीश कार्की
सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेप र आर्थिक चलेखलबाट मुक्त राख्ने उपप्रधामन्त्री श्रेष्ठको प्रतिबद्धता
छुवाछुत मानवता विरुद्ध अपराध, सामाजिक न्यायका लागि १६ जिल्लामा प्रदर्शन
जी(२० मुलुकका अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री डा महत भारत प्रस्थान
प्रतिनिधिसभामा राष्ट्रियसभाको सन्देश प्रस्तुत स् अर्को बैठक ३१ गते बस्ने
लम्पी स्किन रोग नियन्त्रण बारेमा सदनलाई जानकारी गराउन सभामुखको निर्देशन