केरुङ्गा खोलाको सीमाङ्कन सुरु, संरक्षण र पर्यटकीय पूर्वाधार निर्माणको कामलाई अघि बढाईने
भरतपुर महानगरभित्र रहेका दुई नदी पुङ्गी र केरुङ्गा, सिँचाईका जमिन, नारायणी किनारको जमिन, सडक क्षेत्राधिकार पर्ने सार्वजनिकजमिनलाई संरक्षण गर्ने कार्य निरन्तर अघि बढ्ने उहाँको भनाई थियो ।
सार्वजनिक जग्गा बनेका अवैध संरचनाको पहिचान गरी हटाउने कार्यलाई महानगरपालिकाले प्राथामिकता राखेको प्रमुख दाहाललेबताउनुभयो । व्यक्ति विषेश वा संस्थाले ओगटेको सार्वजनिक सम्पतिलाई संरक्षण गर्न क्षेत्रगत समिति गठन भएको उहाँले जानकारीदिनुभयो ।
सार्वजनिक जमिन संरक्षणसँगै हरियाली प्रवर्धनसहित पर्यटकीय पूर्वधार निर्माण हुने उहाँको भनाई छ ।
करुङ्गा खोलाको सीमाङ्कनको कार्य बिहिबारदेखि सुरु भएको छ । भरतपुर ५ र ६ को सीमानामा पर्ने पुलबाट सीमाङ्कनको कार्य सुरुभएको हो । सीमाङ्कन कार्यको उद्घाटन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीले गर्नुभयो । अहिलेपुङ्गी खोलाको सीमाङ्कनको काम भईरहेको छ ।
केरुङ्गा खोला संरक्षण समितिका संयोजक तथा उपप्रमुख चित्रसेन अधिकारीले प्रकृया पुरा गरेर सार्वजनिक जमिनलाई संरक्षण गरिनेबताउनुभयो ।
संरक्षण पश्चात यसको सौन्दर्यकरण गर्ने काममा लाग्ने उहाँको भनाई थियो । केरुङ्गा खोलाको सीमाङ्कनको कार्य निरन्तर अघि बढ्नेईन्जिनियर शिवहरि अधिकारीले जानकारी दिनुभयो ।
केरुङ्गा खोलाको सौन्दर्यकरण तथा पूर्वाधार निर्माणका लागि रु १४ करोड विनियोजन भएको छ । केरुङ्गा खोलाको गुरुयोजनाअनुसार यसको सौन्दर्यकरण गर्न रु ३ अर्ब रुपैयाँ बढी लाग्ने छ । यसमा डुङ्गा चलाउन मिल्ने गरी दाँया बायाँ साईकल ट्रयाक र ठाउँठाउँमा पार्क हुनेछन् ।