चितवनमा अझै अबैंध कन्सल्टेन्सी को बिगबिगी ! अनुगमन शुन्य
चितवन/जिल्लामा अझैं अबैध कन्सल्टेन्सीहरुको बिगबिगी देखिन्छ । केही बर्ष पहिले भागाभाग गरेका अबैंध कन्सल्टेन्सीहरु फेरी अबैध रुपमा सञ्चालनमा रहेका हुन् । चितवन लगाएत बागमति प्रदेशभित्र मापदण्ड बिना सञ्चालनमा रहेका अबैध कन्सल्टेन्सीहरुको बिगबिगी बढेको हो । चितवनको नारायणगढ भरतपुर, टाँडी, पर्सा लगायतका क्षेत्रमा अझै अबैध कन्सल्टेन्सीहरु सञ्चालनमा रहेको पाईएको हो ।
गैरकानुनी रुपमा सञ्चालनमा रहेका अधिकांश कन्सल्टेन्सीहरुको बारे गतकेही वर्ष पहिले भण्डाफोर अभियान साप्ताहिकले निरन्तर समाचार प्रकाशन गरे सँगै प्रशासनको अनुगमनमा परि त्यस्ता अबैध कन्सल्टेन्सीहरु बन्द नै भएका थिए । पछि शिक्षा मन्त्रालयको टोली आई मापदण्ड हेरी स्वृकीति दिएको थियो ।
तत्कालिन रुपमा मन्त्रालयको टोलीले स्वृकीति दिएकै कयौँ कन्सल्टेन्सीहरु अझै गैरकानुनी रुपमा सञ्चालनमा रहेको पाईएको छ । अहिलेपनि जिल्लामा मापदण्ड नै पुरा नगरेका कन्सल्टेसीहरु निर्वाद सञ्चालनमा रही रहेका छन् । केन्द्र राजधानी वा अन्यत्रै रहेका तर चितवनको नारायणगढ, भरतपुर, टाँडी, पर्सा लगायतका स्थाननमा शाखा सञ्चालन रहेका त्यस्ता कयौ कन्सल्टेन्सीहरु समेत अझै अबैध रुपमा सञ्चालनमा रहेको पाईएको छ ।
शिक्षा मन्त्रालयको न्यूनतम मापदण्ड पनि पुरा नगरेका यस्ता कन्सल्टेन्सीहरु अनुगमन गरी बन्द गर्नुपर्नेमा अनुगमन हुन नसक्दा आम युवाहरु दैनिक ठग्गीन बिबस छन् यसतर्फ प्रशासनको बेलैमा ध्यान जान जरुरी देखिन्छ ।