अबैध कन्सल्टेन्सी बढदै, प्रसासनको अनुगमन खै?

एकताका अबैध कन्सल्टेन्सीहरुको भागाभाग भईसकेको थियो । कयौंले नियम पुर्याएर सञ्चालनमा आउन बाध्य भएभने कयौं जिल्ला नै छाडेर भाग्न बाध्य भए । हो तिनै अबैध कन्सल्टेन्सीहरुको अहिले चितवनमा बिगबिगी बढेको छ ।

चितवनको नारायणगढ भरतपुर, टाँडी, पर्सा लगायतका क्षेत्रमा अझै अबैध कन्सल्टेन्सीहरु सञ्चालनमा रहेको पाईएको हो । गैरकानुनी रुपमा सञ्चालनमा रहेका अधिकांश कन्सल्टेन्सीहरुको बारे गतकेही वर्ष पहिले भण्डाफोर अभियान साप्ताहिकले निरन्तर समाचार प्रकाशन गरे सँगै प्रशासनको अनुगमनमा परि त्यस्ता अबैध कन्सल्टेन्सीहरु बन्द नै भएका थिए । पछि शिक्षा मन्त्रालयको टोली आई मापदण्ड हेरी स्वृकीति दिएको थियो ।

तत्कालिन रुपमा मन्त्रालयको टोलीले स्वृकीति दिएकै कयौँ कन्सल्टेन्सीहरु अझै गैरकानुनी रुपमा सञ्चालनमा रहेको पाईएको छ । अहिलेपनि जिल्लामा मापदण्ड नै पुरा नगरेका कन्सल्टेसीहरु   निर्वाद सञ्चालनमा रही रहेका छन् । केन्द्र राजधानी वा अन्यत्रै रहेका तर चितवनको नारायणगढ, भरतपुर, टाँडी, पर्सा लगायतका स्थाननमा शाखा सञ्चालन रहेका त्यस्ता कयौ कन्सल्टेन्सीहरु समेत अझै अबैध रुपमा सञ्चालनमा रहेको पाईएको छ ।

जिल्लामा रहेका यस्ता कयौँ कन्सल्टेन्सीहरु जो शिक्षा मन्त्रालयको न्यूनतम मापदण्ड पनि पुरा गरेका छैनन् यस्ता कन्सल्टेन्सीहरु अनुगमन गरी बन्द गर्नुपर्नेमा अनुगमन हुन नसक्दा आम युवाहरु दैनिक ठग्गीन बिबस छन् यसतर्फ प्रशासनको बेलैमा ध्यान जान जरुरी देखिन्छ । भण्डाफोर अभियान साप्ताहिकबाट