वीरगञ्ज भन्सारमा काला ब्यापारीको सेटिगं :
विलविजक भन्दा बढी एक करोड अठ्सठ्ठी लाखका सामान सहित ट्रकहरू पक्राउ
वीरगञ्ज/विलविजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडाहरू तथा खुद्रा मालबस्तुहरू बोकेको ट्रकहरू वीरगञ्जबाट पोखरा तथा काठमाण्डौंतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा मातहत वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०१।१८ गते जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ घण्टाघरस्थित सडकखण्डबाट ना.३ ख ३९५० र ना.७ ख १६३१ नम्बरहरूको मालवाहक ट्रकहरूलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू फेला परेको हो ।
लोड रहेको मालवाहक ट्रकहरूलाई सो विल बिजक शंकास्पद देखिएको हुँदा अन्दाजी रू.१,०६,००,०००।(९एक करोड छ लाख ० बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको औषधि तथा खुद्रा सामानहरूलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०१।१९ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको जानकारी दिएको छ ।
यसैगरी प्रहरी टोलीले २०८० बैशाख १५ गते वीरगञ्ज महानगरपालिका वडा नं.०८ घण्टाघरस्थित सडकखण्डबाट ना।४ ख ८७४० नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विलविजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक शंकास्पद देखिएको हुँदा सो ट्रकलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिएका थिए । सो ट्रकमा पनि औषधि तथा खुद्रा सामानहरू रू।६२ लाख ८ हजार ५ सय ९३ बराबरको मुल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरी प्रवक्ता बुढाथोकीले जानकारी गराएका थिए ।
एकातिर लक्ष अनुसार राजश्व संकलन हुन सकेो छैन भने अर्कोतिर निरन्तर रूपमा विल विजक भन्दा बढी सामानहरू वीरगञ्ज भन्सार कार्यालयबाट छुटी रहेका छन् । हरेक दिन जसो रू. एक करोड, ५० र ६० लाखको सामानहरू प्रहरीले फेला पार्ने गरेको तथ्य जिल्ला प्रहरी कार्यालय पर्साको रेकर्ड हेर्दा पनि स्पष्ट हुन्छ । वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थी र प्रमुख भन्सार अधिकृतहरू राजेन्द्रप्रसाद चुडाल र धन बहादुर बरुवालको सेटिङ्ग र मिलेमतोमा भन्सार छली, तस्करी त भइरहेको छैन ? किन भन्सार विभाग र अर्थ मन्त्रालय रमिते चुपचाप बसेको छ ।साँघुबाट