प्रचण्ड सरकार ढल्दैन्ः प्रधानमन्त्री
चितवन/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा रहेको सरकारले ५ बर्षे कार्याकाल पुरा गर्ने बताएका छन् । उनले पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदैं बर्तमान सरकारको आयु ५ बर्ष नै रहेको ठोकुवा गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेको अभिब्यक्तिलाई लिएर सरकारको भबिश्यको चिन्ता भईरहेको बखत प्रधानमन्त्रीले यस्तो धारणा राखेका हुन् । प्रधानमन्त्री प्रचण्डले रास्वपालाई सरकारमा आउन आह्वान समेत गरेका छन् । सोमबार बिहान प्रेस सेन्टरले प्रचण्ट निवास शिबनगर चितवनमा आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले रवि लामिछाने नेतृत्वको रास्वपा ढिलो चाडो सरकारमा आएरै छाड्ने बताए ।
उनले रास्वपा आए आफू भ्रष्टाचारको जुनसुकै फाइल खोल्न तयार भएको बताए । ‘तपाईँ आउनुस्, भ्रष्टाचारको कुन फाइल खोल्नुप¥यो म तयार छु,’ प्रधानमन्त्री प्रचण्डले भने । सरकारमा आउने विषयमा लामिछाने पनि सकारात्मक रहेको उनको भनाई छ ।