चितवन–२ बाट रवि लामिछाने विजयी

चितवन/चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछाने अत्याधिक मतसहितविजयी भएका छन् ।

वैशाख १० गते भएको उपनिर्वाचनमा लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरी अत्याधिक मतान्तर सहित चितवनबाट दोस्रो पटक विजयी भएका हुन्।

उनले ४३ हजार १६१ मतान्तरले प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई पछाडि पारेका हुन् । जितनारायण श्रेष्ठले ११ हजार २१४ मत ल्याएका छन् भने
नेकपा ९एमाले०का रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याउनुभएको छ । अघिल्लो निर्वाचनमा लामिछानेले ४९ हजार तीन सय मत ल्याएका थिए।