चितवन २ मा ६०% मत खसेको प्रारम्भिक अनुमान!

भरतपुर/चितवन-२ मा आइतबार भएकाे उपनिर्वाचनमा करिब ६० प्रतिशत मत खसेकाे छ । उक्त निर्वाचन क्षेत्रका कुल ४३ मतदानस्थलमध्ये १८ वटा स्थलमा मतदान सकिएर मतपेटिका सिलबन्दी भएकाे विवरण आएकाे चितवन-२ का सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले बताए ।

मत खसेकाे विवरण हेर्दा ६० प्रतिशत हाराहारीमा खसेकाे हाम्राे अनुमान छ,’ सहायक निर्वाचन अधिकृत आचार्यले भने । चितवन-२ मा कुल एक लाख २४ हजार ६९५ मतदाता छन् । मंसिर ४ मा चितवन-२ मा ८४ हजार मत खसेकाे थियाे ।
मतदान सकिएसँगै सबै मतपेटिका संकलन गरेर भरतपुर ल्याउने र सबै पेटिका प्राप्त भएपछि सर्वदलीय बैठक बसेर गणनाबारे निर्णय गरिने आचार्यले जानकारी दिए ।

चितवनका ४३ मतदानस्थलमध्ये भरतपुर-११ भाेजाडकाे नयाँ किरण मतदानस्थलमा तीन घण्टाजति मतदान राेकिएकाे थियाे । त्यसैगरी भरतपुर-७ काे कृष्णपुर मतदानस्थलमा पनि केहीबेर राेकिएकाे थियाे।