के प्रहरी कार्यालय अबैध मिटरब्याजको रकम उठाउने अखडा हो ? 

सर्बसाधरणको सयौं थान चेक लिने र किर्ते तमसुक राख्नेलाई सधैं उन्मुक्ति किन ? प्रहरी प्रशासन के हेरिरहेछ ?

सुर्य बराल/चितवन/पछिल्ला केही महिनायता जिल्ला प्रहरी कार्यालय चितवनमा दैनिक जसो चेक अनादार(चेक बाउन्स)को धेरै मुधा आउने गरेको छ । चेक बाउन्स र लेनदेनका मुधाहरुको कारण जिप्रकामा सर्बसाधरणको ठुलो भिड लाग्ने गर्दछ । चेक बाउन्स र लेनदेनका अधिकांश केशहरु अबैध मिटरब्याज र अबैध ढुकुटीको हुने गरेको समेत खुल्नमा आएको छ । प्रहरीले चेक बाउन्सको केश हेर्ने नाममा अबैध मिटरब्याजी र ढुकुटी सञ्चालकहरुको अबैध असुलीको धन्धालाई प्रशय दिईरहेको आम गुनासो आईरहेको छ ।

किन बेवास्ता प्रहरी प्रशासन ?
अक्सर स साना निहँुमा आम सर्बसाधरणलाई समाउने, अभद्र ब्यबहारको मुद्धा लगाई सर्बसाधरण र ब्यबसायीहरु दुःख दिने आम गुनासो आईरहने प्रहरी प्रशासनले के मिटरब्याज जस्तो कालो धन्दा गरी देश खोक्रो पार्ने र सर्बसाधरणलाई अबैध चक्रिय शोषणको चपेटामा पार्नेहरुलाई साँच्चै पक्राउ गर्नै नसक्ने हो या नगरेको हो जनता जान्न चाहन्छन् । के प्रहरीले गैं्रहकानुनी कार्य गर्नेहरुलाई अनुसन्धान गरी आवश्यक कार्बाही गर्न सक्दैन् ? सक्छ चाह्यो भने यस्ता केशहरुलाई बेवास्ता गर्ने, सम्पतीको श्रोत र चेकको श्रोतको खोजी गर्ने गरी मिटरब्याजीहरुलाई हतोहत्साही गराउने साथै आवश्यक पर्दा थप अनुसन्धान पनि गर्न सक्छ तर गर्दैन् । प्रहरी र प्रशासनको मिटरब्याजीहरु प्रतिको नरमपना रहिन्जेलसम्म यो अबैध कारोबार घट्ने होईन बढदै जानेछ ।

कस्को संरक्षणमा चलिरहेछ यो अबैध धन्दा ?
चितवनको ब्यापारिक केन्द्र नारायणगढ, भरतपुर, टाँडी, पर्सा, रामपुर, पार्बतीपुर, चनौंली लगाएत आसपासको क्षेत्रमा अबैध मिटरब्याजको धन्दा खुलमाखुल्ला दिनप्रतिदिन फस्टाउदै गईरहेको छ । राजनितिक दलका नेता, सरकारी मान्छेहरु, प्रहरी र प्रशासनका प्रमुखहरुसँग निकट देखाउन सेल्फी वा सँगै खिचेका फोटो दुरुपयोग गर्नेहरु, पुर्ब प्रहरी र कर्मचारी, आफुलाई स्वघोषित समाजसेवी र बरिष्ठ ब्यबसायी भन्नेहरु देखि केही महिलाहरुसम्म यो अबैध धन्दामा सामेल रहेको पाइएको छ । अबैध मिटरब्याजी सञ्चालकहरुले प्रहरी, प्रशासन, र कतिपय सरकारी ओहोदा र राजनितीक नियुक्ती लिएका शक्तिशाली मान्छेहरुलाई समेत आफ्नो प्रभावमा पारी प्रयोग गर्ने गरेको कारणले गर्दा यो धन्धाले प्रशय पाईरहेको छ । सोझा सिधा आम सर्बसाधरणहरुलाई मिटरब्याजीहरुले कानुन, अदालत, प्रहरी र गुण्डा लगाई मुधा, प्रहरी कार्यालय, धाक, धम्की, कुटपिट अनि त्रासपूर्ण बाताबरण बनाउने कार्य बढीरहेको हो ।

कानुनकै प्रयोगः श्रोत बिनाका चेक बाउन्स !
अदालतमा मुद्धा दर्ता भएका हुन या प्रहरी कार्यालयमा आउने अधिकांस चेक अनादार(चेक बाउन्स)का निबेदन अबैध मिटरब्याज र ढुकुटीका कारोबारीहरु हुने गरेको पाईएको छ । बैंकिङ्ग वा ब्यापारिक श्रोत बिनाका त्यस्ता चेकमा उल्लेखित रकम मिटरब्याजी धन्दाकै हुने गरेको पाईएको हो । देशको मुलुकी संहिताले चेक बाउन्सलाई फौजदारी मुद्दाअन्तर्गत ब्याख्या गरेकोले पनि अबैध मिटरब्याजी र ढुकुटीको रकम उठाउन त्यस्ता कारोबारीहरुले कानुनकै प्रयोग गरी अदालतमा मुधा हाली सर्बसाधरणबाट अबैध असुली गरिरहेका हुन् । अदालतले बैंकिङ्ग वा ब्यापारिक श्रोत बिनाका त्यस्ता चेकको गहिरो अध्ययन् नगरी बाउन्सकै आधारमा मुधा चलाउने र सोही आधारमा फैसला गर्ने कारण मिटरब्याजी धन्धाले बढवा पाईरहेको छ । बाउन्स गरिएका चेक रकमको श्रोत, भ्याट बिल, आय बिबरण, अन्य बिल भर्पाइहरु र दशी प्रमाणलाई केलाएर मात्र छिनोफानो या फैसला गर्ने प्रणालीको बिकास नगर्दासम्म अनुत्पादकमुलक अबैध मिटरब्याजी धन्धा चलिरहने छ ।

को को छन् त् अबैध धन्दाको सहयोगी र मतियार
यस्तो अबैंध धन्दालाई सहयोग गर्नेहरुमा अग्रपंक्तिमा बिगतमा गुण्डागर्दी गर्नेहरु, हाटहुटे राजनिती र कमाउ धन्दामा लाग्ने स्वघोषित नक्कली समाजसेवीहरु, ब्यबसायीको नाममा कुनै ब्यबसाय नै नगरेका ठगहरु र एकाध बर्दीधारी प्रहरीहरु समेत रहेको पाईएको छ ।
त्यस्तै, र्याब सेन्टर खोलेका केही युवाहरुलाई समेत यस्तो धन्दाको उठन्ते कार्यमा प्रयोग गरेको पाईएको छ । कहिले अदालत, कहिले प्रहरी त् कहिले गुण्डा प्रयोग गरि सर्बसाधरणलाई जर्बजस्ती कागज र डबल रकमको चेक वा ब्ल्यांक चेक लिने गरेका उनीहरुले त्यहि चेकलाई बाउन्स गरी अबैध धन्धा निर्वाद सञ्चालन गरिरहेका छन् । एक अध्ययन अनुसार जिल्ला प्रहरी कार्यलयमा आउने ७५ प्रतिशत बढी लेनदेन र चेक बाउन्सका केश यस्तै मिटरब्याजी र ढुकुटीको हुने गरेको पाईएको छ । कतिपयले माथीबाटै प्रहरी र राजनितीक नेताहरुको शक्तिको सेटिङ्ग मिलाई प्रहरीलाई समेत दबाब र प्रभावमा पारी यस्तो अबैध धन्दाको रकम असुली गरिरहेको समेत पाईएको छ । चितवनमा अबैध आर्थिक कारोबार गर्ने यस्ता गिरोहहरु नै सक्रिय रहेको समेत पाईएको छ ।
यस्ता गिरोहहरु आफुलाई समाजसेवी, ब्यबसायी, सहजकर्ता भन्ने गर्छन तर यीनीहरुको खासमा असली धन्धा भनेको मिटरब्याज र ढुकुटी नै रहेको देखिन्छ । त्यति मात्र होईन यस्ता धन्दा गर्नेहरुले कतिपयको जग्गा नै आफ्नो नाममा ल्याई सर्बसाधरणलाई घरबारबिहिन र बिल्लीबाठ गराईदिएको ज्वलन्त प्रमाणहरु समेत रहेको छ । त्यस्तै कतिपयले त् मिटरब्याज र ढुकुटीको चर्को ब्याज तिर्न नसक्दा आफ्नो जग्गा घर सबै तिनैलाई सुम्पिएर आफु भाडामा बसेको समेत देखिएको छ ।

अबैध उठन्तेमा प्रहरी किन ?
चेक बाउन्सका अधिकांस मुधाहरुलाई सहजीकरण गर्ने बाहनामा प्रहरीले मिटरब्याज पिडीतहरुलाई कार्यालयमा बोलाई दबाब दिने, प्रहरी भ्यान वा सादा पोशाकका प्रहरी घरमै पठाई बालबालिका र सर्बसाधरणलाई त्रसित बनाउने, अनावश्यक रुपमा केहीदिन गैंरकानुनी हिरासतमा राखी धम्कयाउने गरेको पिडितहरुको गुनासो छ । उनीहरुका अनुसार अधिकांस प्रहरीले मिटरब्याजीकै पक्षमा लबिङ्ग गर्ने, कार्याल भित्र या बाहिर हिरासतमा थुनाईदिने धाक धम्की दिने र कतिपय अवस्थामा हातपाई समेत गर्ने गरेको उनीहरुले गुनासो गरेका छन् । भण्डाफोर अभियानसँग कुरा गर्दै एकजना मिटरब्याजपिडीत महिलाले आफुलाई मिटरब्याजी र प्रहरीको टचरले गर्दा अहिले मानसिक औंषधी खान परेको बताईन् । त्यस्तै अर्की पिडीतले आफुलाई आफुलाई मिटरब्याजी र प्रहरीकै बढी फोनले गर्दा आफुले आत्महत्यासम्म गर्ने अवस्थामा पुगेको तर साना साना बच्चाको मायाले त्यसो गर्न नसकेको बताईन् । हामीसँग सम्पर्कमा आएका दर्जनौं मिटरब्याजपिडीहरुले प्रहरीले अनावश्यक टर्चर दिने गरेको दुःखेसो पोखेका छन् ।
आर्थिक अपराध सरहको अबैध मिटरब्याजीहरुको रकम उठाउने कार्यमा प्रहरी लाग्नु आफैमा शंकास्पद देखिन्छ । बैंकिंग कारोबार जस्तै तर अबैध यस्ता आर्थिक कारोबारले एकातिर राष्ट्रलाई खोक्रो बनाईरहेको छ भने अर्कोतिर आम सर्बसाधरण लुटिईरहेका छन् । यस्तो आर्थिक अपराध गर्नेहरुको कालो बजार बढने गरी, उनीहरुको हौंसला र मनोबल बढनेगरी उठन्ते धन्दामा लाग्ने केही प्रहरीहरुले गर्दा प्रहरी प्रशासनको बदनामी भईरहेको छ । यस्ता उठन्ते धन्दामा लाग्नु भनेको कुनै न कुनै रुपमा लाभावन्तीत हुनु हो । या कुनै प्रलोभन वा प्रभावमा परेर गर्नु हो । जे जसरी गरे पनि यस्तो अबैध धन्दावालहरु जस्लाई आर्थिक अपराधमा कार्बाही गर्नुपर्ने हो उनीहरुसँगै मिली आमसर्बसाधरणलाई बर्दीको आडमा धम्क्याउनु र असुली गर्न सहयोग गर्नु प्रहरी कार्यालयमा कार्यरत केही प्रहरीहरुको गम्भिर गल्ती हो जसलाई बेलैमा सच्याउन जरुरी छ ।

अबैध आर्थिक कारोबारमा कडाई गरौं ।
अबैध रुपमा करोडौको आर्थिक कारोबार गर्नु कानुनतः अपराध हो । यस्तो अपराधिक कार्य त्यो पनि गुण्डा र स्वंय कानुन कार्यन्वयन गर्ने निकाय प्रहरीका केही अधिकृत प्रयोग भई सर्बसाधरणलाई धाकधम्की दिने, ठग्ने, लुटने कार्य भईरहँदा प्रहरी प्रशासन बेखबर जस्तै गरि बेवास्ता गर्नु गैंह्रकमनुनी कार्य गर्नेहरुलाई उत्साहित पार्न खोज्नु हो ।
कतिपय बहालवाला र पुर्ब प्रहरीहरुको समेत यस धन्दामा प्रत्यक्ष अप्रत्यक्ष सम्लग्नता रहेको कारणले पनि पिडीतहरु डराईरहेको देखिन्छ । चेकको रियालिटी र लेनदेन गर्ने दुबै पक्षको कुरा नसुनी धम्की दिनु अपराधीहरुकै मतियार बन्नु सरह हो । यस तर्फ स्थानिय सरकार र प्रहरीको उपल्लो तह, प्रशासन केन्द्रिय सरकारको गृहप्रशासनको समेत ध्यान जान जरुरी देखिन्छ ।
यर्सथ, त्यस्ता चेकहरुको श्रोत खुलाउन र आवश्यक परेमा त्यस्ता अबैध कारोबारीहरुलाई अनुसन्धान गरी उनीहरुको अबैध एवं अकुत सम्पतिलाई सम्पत्ति शुद्धीकरण मुद्दाअन्तर्गत कारबाही अघि बढाउन सक्नुपर्दछ ।’ बैंकिंग कारोबार जस्तै तर अबैध यस्ता आर्थिक कारोबारले राष्ट्रलाई नोक्शान मात्र पु¥याउछ । अर्कोतिर यस्तो कालो कारोबारले आम सर्बसाधरण ठगीने मात्र होईनन् उनीहरुको घर उजाडीने र मर्नसम्म बिबस भईरहेका छन् ।
अतः कानुन कार्यन्वयन गर्ने राज्यको निकाय प्रहरी प्रशासन र स्थानिय सरकार एवं गृहप्रशासनको समेत यसतर्फ ध्यान जान जरुरी देखिन्छ । कानुन बनाउन पर्ने भए बनाएरै भएपनि मिटरब्याज, ढुकुटी र हुण्डीको कारोबारलाई पूर्ण रुपमा प्रतिबन्ध लगाई यस्ता कारोबारीहरुलाई आर्थिक अपराधी घोषणा गरी कडा सजाय हुनुपर्दछ । भण्डाफोर अभियान साप्ताहिकबाट