आज शीतल निवासमा पौडेलको स्वागत र भण्डारीको बिदाइ
काठमाडौं/नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार राष्ट्रपति कार्यालय शीतल निवास प्रवेश गरेका छन् । उनले पद तथा गोपनीयताको शपथ लिए भने सोमबारदेखि नै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवास छाडेकी छन् ।
सोमबार शीतल निवासमा आयोजित शपथ समारोहमा कामु प्रधानन्ययााधीश हरिकृष्ण कार्कीले पौडेललाई पद तथा गोपनीयताको शपथ गराए । शपथपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कुर्सी राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान राष्ट्रपति भण्डारीलाई सरकारका तर्फबाट उपहार प्रदान गरेका थिए ।
निवर्तमान राष्ट्रपतिले शीतल निवास छाड्दा नवनिर्वाचित राष्ट्रपति पौडेल गाडीसम्म पुर्याउन गएका थिए । शपथ समारोहमा पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, कुटनीतिक नियोगका अधिकारीहरु लगायत सहभागी थिए ।
आशा गरौ, वर्तमान राष्ट्र्पतिले निवर्तमान राष्ट्रपतिले जस्तो कुनै एक नेता वा दलको सचिवालय जस्तो काम नगरेर राष्ट्रपति पदको गरिमा बढाउनेछन् । संवैधानिक जिम्मेवारीलाई विवेकको नाममा मनपरि गर्ने दुस्साहस गर्ने छैनन् । अहिलेको राजनैतिक दुरावस्था हुनुमा नेताहरु मात्र होईनन् निवर्तमान राष्ट्रपतिको पनि कमजोरी रहेको तथ्यलाई उहॅाले मनन् गर्नुहुनेछ।