रोट्रयाक्ट भरतपुर हाईटद्वारा २०० विद्यार्थीलाई न्यानो कपडा वितरण
रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले बिहिबार एक कार्यक्रमको आयोजना गरि २०० विद्यार्थीलाई न्यानो कपडाहरू वितरण गरेको छ । कार्यक्रममा २०० बालबालिकालाई न्यानो कपडा वितरण गरिएको क्लबका अध्यक्ष अपेक्षा श्रेष्ठले जानकारी दिइन।
क्लबले भरतपुर-१६, शरणपुर स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय शरणपुरका विद्यार्थीहरुलाई ट्र्याक-सुट,
हाई-नेक, टोपी लगायत अन्य सहयोग गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिइन । उनका अनुसार क्लबले सहयोग गर्नुअघि विद्यालय र विद्यार्थीको अवस्था र आवश्यकता बुझेर सहयोग गरेको हो ।
क्लबले गरेको सहयोग दुई लाख रुपैयाँ बराबरको रहेको क्लबले जनाएको छ ।
विद्यालयमा अध्ययनरत २०० विद्यार्थीलाई ट्र्याक-सुट,
हाई-नेक, टोपी लगायतका न्यानो कपडा वितरण गरिएको रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटका नवनिर्वाचित अध्यक्ष सुरज भण्डारीले जानकारी दिए ।
न्यानो कपडा वितरणको लागी क्लब सदस्यहरूसँग र अन्य कार्यक्रमबाट संकलन गरेको रकमबाट आर्थिक व्यवस्थापन गरेको रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटका पब्लिक इमेज चियर ध्रुव शर्माले जानकारी दिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोटरी क्लव अफ भरतपुरका अध्यक्ष रो.भोला जोशीले रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटको कार्यले आफूहरू धेरै नै हर्षित भएको बताए । उनले सहि समयमा उचित काम गरेको बताउदै निरन्तरता दिन आग्रह गरे ।
साथै सोही अवसरमा प्रमुख अतिथि जोशीले सरसफाईको विषयमा विद्यार्थी र अभिभावक सँग अन्तरक्रिया गरेका थिए । उनले सरसफाईको आवश्यकता र महत्वका बारेका जानकारी गराएका थिए ।
२०० विद्यार्थीलाई ट्र्याक-सुट, हाई-नेक, टोपी हस्तान्तरण गर्दै अध्यक्ष श्रेष्ठले कार्यक्रम सम्पन्न गरेकि थिइन।