चितवन १ को मतगणनाका लागि सर्वदलीय बैठक सुरु
चितवन/चितवन निर्वाचन क्षेत्र नम्बर–१ को मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । सो क्षेत्रका मतपेटिका जम्मा भएपछि रुजु गरेर सर्वदलीय बैठक बसेको हो ।
सर्वदलीय बैठकको निर्णयअनुसार मतगणना सुरु हुने एमाले उम्मेदवार समेत रहेका सुरेन्द्र पाण्डेको निजी सचिवालयले जनाएको छ । चितवन–१ मा प्रतिनिधिसभातर्फ एमालेका सुरेन्द्र पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल, कांग्रसका विश्वनाथ पौडेल लगायत उम्मेदवार रहेका छन् ।