चितवन क्षेत्र नं.२ अन्तरगत पर्ने कृष्णपुर मतदानस्थलमा पत्रकारलाई प्रवेश निषेध

चितवन/चितवन क्षेत्र नं.२ अन्तरगत पर्ने भरतपुर–७ को कृष्णपुर मतदानस्थलमा पत्रकारलाई प्रवेश निषेध गरिएको छ ।
त्यस मतदानस्थलमा पत्रकारलाई प्रवेश निषेधसर्वदलीय निर्णयपछि यसको विरोध समेत सुरु भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले कुनै पनि मतदानस्थलमा पत्रकारलाई प्रवेश निषेध गर्न नपाइने भनेको छ । आज साँझ एक सूचना जारी गर्दै कार्यालयले पत्रकारलाई प्रवेश निषेध गर्नु अवैधानिक हुने भन्दै त्यस्तो नगर्न आग्रह गरेको छ । सूचनामा भनिएको छ–‘कुनै मतदान क्षेत्रमा भोली पत्रकारलाई प्रवेश निषेध गर्ने गरी सर्वदलीय निर्णय भएको गुनासो आयो, पत्रकार र पर्यवेक्षकलाई हाम्रो काममा वाधा नहुने गरी परिचयपत्रका आधारमा प्रवेश दिनुपर्छ निषेध गर्नु अवैधानिक हुन्छ।
खास गरी शुरुमा भिड हुन्छ, एक राउण्ड फोटो खिचेपछि हलुका हुन्छ। मतदानको विवरण समय मिलाएर वाहिर सार्वजनिक गर्ने गरिएमा पत्रकारको प्रवेस पनि कम हुन्छ। धन्यवाद।’

कृष्णपुर मतदान केन्द्र जहिल्यै विवादित बन्दै आइरहेको छ ।