सुकुम्वासीको नाममा राजनीति गर्दिनः डा. भोजराज अधिकारी
चितवन/चितवन ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. भोजराज अधिकारीले सुकुम्वासीको नाममा आफुले राजनीति नगर्ने बताएका छन् । सधैंका लागि सेवा गर्न चाहेको उनले बताए । भरतपुर २४ को चुनावी सभालाई सम्बोधन गर्दै उनले निर्वाचन लगत्तै लालपुर्जा वितरणका लागि यहाँ आउने प्रतिबद्धता व्यक्त गरे । युवा र महिलाका लागि विशेष योजना ल्याउने उल्लेख गर्दै डा. भोजराजले युवाले जेष्ठ नागरिक र बच्चाको संरक्षण गर्ने र महिलाले परिवारमा सहि संस्कार दिने बताए ।
लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार समेत रहेका उनले जनजीविका सुधारका लागि पनि आफुहरू निर्वाचित हुनुपर्ने बताए । उम्मेदवारको तुलना गरेर मात्रै मतदान गर्न उनको आग्रह छ । केन्द्रीयदेखि स्थानीय तहसम्म गठबन्धनकै सरकार रहेकोले आफुहरूले नै विकास योजना एवं निति निर्माण गर्ने बताए ।