अर्घाखाँचीमा लेनदेको विषयमा सामान्य विवाद हुँदा दाजुद्धारा भाइको हत्या
अर्घाखाँची/अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–१ मा आफ्नै दाजुले ७० वर्षका भाई वीरबहादुर गमालको हत्या गरेका छन् ।
बुधवार दिउँसो वीरबहादुर गमाल र उनका ७४ वर्षीय दाजु हिमबहादुर भत्ता बुझेपछि हिँड्दै घर फर्केका थिए ।
घर फर्किँदै गर्दा बेलुकी ७ बजे बाटोमा लेनदेको विषयमा दाजुभाइको सामान्य विवाद हुँदा भीरबाट धकेलीदिदा भाइको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिनुभयो ।
हिमबहादुरलाई पक्राउ गरी जिल्ला अदालत अर्घाखाँचीबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो ।