अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु
अरिङ्गालको टोकाइबाट अर्घाखाँचीको शितगंगामा एक महिलाको मृत्यु भएको छ ।
गाई चराउन गएकी शितगंगा नगरपालिका–३ ठाडा पदमीकी २१ वर्षीया रोमा सारुलाई अरिङ्गालले टोकेको थियो । अरिङ्गलाले टोकेर गम्भीर घाइते भएकी सारुको उपचारका क्रममा बिहीवार देवदह मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।