मञ्जुश्री फाईनान्सको यो कस्तो धन्धा !

चितवन । बैंक तथा बित्तिय संस्थाहरुको कारोबार अपारदर्शी तथा चर्को ब्याज र ठगी हुने गरेको आम गुनासो आईरहेको सन्र्दभमा चितवनमा पनि कयौं बैंक तथा बित्तिय संस्थाहरुले आम सर्बसाधरणलाई ठगी गरिरहेको खुल्नमा आएको छ ।
बैंक तथा बित्तिय संस्थाहरुमा कार्यरत सञ्चालक, प्रबन्धक, कर्जा प्रमुख वा उच्च कर्मचारीको लोभ, लालच तथा बदमासीले एकातिर सेवाग्राही आमसर्बसाधण ठगीरहेका छन् भने अर्कोतिर संस्थामा रहेका त्यस्ता ब्यक्तिहरुको कारण स्वंय ति बैंक तथा बित्तिय संस्थाहरु जोखिमयुक्त लगानीमा जनताको रकमको दुरुपयोग गरिरहेका छन् । अन्य सर्बसाधणलाई करोडौंको धितो राखी केही लाख क्रृण दिनपनि हिच्किच्याउने बैंक तथा बित्तिय संस्थाले आर्थिक मन्दीको यो समयमा के आयश्रोतको आधारमा एकजना ब्यक्तिलाई करोडौं क्रृण लगानी गर्ने रहेछ त्यो रहस्यकै गर्भमा लुकेको देखिन्छ ।
चितवनको भरतपुर ३ कमलनगरस्थित पिजी मार्केटमा शाखा कार्यालय रहेको मञ्जुश्री फाईनान्ससमेत यस्तै कार्यमा संग्लन रहेको पाईएको हो । फाईनान्सले भरतपुर २१ का एकजना न्युन आय भएका सर्बसाधरणलाई नक्कली कागजपत्रको आधार र मिलेमतोमा ४ करोड लगानी गरेको पाईएको हो । फाईनान्सबाट क्रृण खाएका ति क्रृणीको घरजग्गा लिलाम निकाल्दिन्छु भन्दैं फाईनान्सका प्रबन्धक अभय मुडवरीले दैनिक दबाब दिने गरेकाले आफु निकै तनाबमा परेको ति क्रृणीले भण्डाफोर अभियानसँग बताए ।
क्रृणीका अनुसार आफ्नो केही क्रृणी मिलान गर्न उक्त फाईनान्सबाट घरजग्गा राखी क्रृण लिएको भएपनि अहिलेको आर्थिक मन्दीमा लिलाम गरिदिने धम्की आउनु दुःखद भएको बताए । घरजग्गाको कारोबारमा सम्लग्न ती क्रृणीले भने के आधारमा घरजग्गा लिलाम निकाल्ने यस्तो मन्दीमा मान्छेलाई हातमुख जोर्न मुश्किल छ, अवस्था सहज भएपछि त तिरिन्छ नी क्रृण ।
यहाँनेर, बैंक तथा बित्तिय संस्थाहरुले कुनै आधिकारिक ब्यबसाय नभएको एउटा जनसामान्यलाई पश्चिम चितवनको केही कठ्ठा जग्गा धितो राखेकैं आधारमा किन करोडौं लगानी गर्यो ? के यो बैंक तथा बित्तिय संस्थाको नियम अनुसार छ ? अनि के लगानीमा अर्थात कुन प्रयोजनमा फाईनान्सले ४ करोड लगानी गरेको हो ? बैंक तथा बित्तिय संस्थाहरुले यस्तै यस्तै जोखिमयुक्त क्षेत्रमा लगानी गरेकै कारण होइन र आर्थिक टाटपल्टाई बढेको ?
यसैबिच, फाईनान्सका प्रबन्धक मुडवरीसँग भण्डाफोर अभियानकर्मीले सम्पर्क राख्दा उनले यो बिषयमा के आधारमा यत्रो लगानी गरेको भनि सोध्धा उनले कागजपत्र सबै सहि भएकाले लगानी गरेको जानकारी दिए । कागजपत्र मिलाएकै आधारमा यसरी अन्धाधुन्ध लगानी गर्दा बैंक तथा बित्तिय संस्थाहरु डुब्ने स्थिती आउदैंन र ? बैंक तथा बित्तिय संस्थाहरुमा ब्याज पाउने आशमा आम सर्बसाधरणले राखेको निक्षेप डुब्दैन ? यी यावत प्रश्नहरुको जवाफ कस्ले दिने ? अतः यस बिषयमा सम्बन्धीत निकायहरुले ध्यान दिई आवश्यक छानबिन गर्नुपर्ने देखिन्छ ।भण्डाफोर अभियान साप्ताहिकबाट