सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न चार दिनको म्याद थप
काठमाण्डौं/रासस/बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले चार दिनको म्याद थप गरेको छ । प्रहरीले आज लामिछानेविरुद्ध अनुसन्धान जारी रहेको उल्लेख गर्दै पुनः सात दिनको म्याद दिन अदालतसमक्ष आग्रह गरे पनि अदालतले चार दिनको म्याद मात्र थप गरेको छ ।
लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखी अनुसन्धान गरिरहेको छ ।