समतामूलक स्वास्थ र शिक्षा सेवाको पहुँच स्थापित गर्न चुनावमा भाग लिएः डा.भोजराज

भरतपुर/चितवन–३ बाट प्रतिनिधिसभा सदस्य का उमेदवार वरिष्ठ चिकित्सक डा. भोजराज अधिकारीले समतामूलक स्वास्थ र शिक्षा सेवाको पहुँच स्थापित गर्ने योजना लिएर चुनावमा भाग लिन आएको बताउनुभएको छ । स्वास्थ्य र शिक्षामा समाजवादी मोडल स्थापित गर्न सबै जनतासँग समान पहुँच पुग्ने गरि अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ ।

वरिष्ठ चिकित्सक डा. अधिकारीले जनताको समस्या सम्बोधन गर्ने भिजन बोकेर आएको बताउनुभएको छ । स्वास्थ, शिक्षा क्षेत्रको विकास र विस्तारसँगै समग्र योजना अघि बढाउन जिताउन आव्हान गर्नुभएको छ । भरतपुर–२५ मा चुनाव केन्द्रीत कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मन र मतलाई एकिकृत गर्ने समय आएको बताउनुभयो ।