देशभर न्यूनतम तापक्रम घट्दै

काठमाण्डौ/देशभर न्यूनतम तापक्रम घट्न थालेको छ । दिउँसोको समयमा घाम चर्किने भएकाले अधिकतम तापक्रममा खासै घटबढ भएको छैन, तर न्यूनतम तापक्रम भने बिस्तारै घट्न थालेको छ । देशैभर बिहान र बेलुका चिसो हुन थालेको छ ।
आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशबाहेकका प्रदेशको मौसम सामान्यतया सफा नै रहने मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा अहिले घाम लागे पनि दिउँसो १२ बजेपछि बदली भइ क्षणिक वर्षाको सम्भावना रहेको छ । मौसमविद् भट्टराईका अनुसार पश्चिमी वायुको प्रभावका कारण यी प्रदेशको मौसम बदली हुन लागेको हो ।