चितवन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार बुर्लाकोटीले उम्मेदवारी निष्क्रिय बनाउने घोषणा

चितवन/चितवन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउने घोषणा गरेका छन् । उनले उम्मेदवारी निष्क्रिय बनाएर नेपाली कांग्रेसका उम्मेदवार विश्व पौडेललाई समर्थन गर्ने भएका हुन् ।

बुर्लाकोटीले आज (सोमबार) प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेपछि उम्मेदवारी निष्क्रिय रहेको भन्दै विज्ञप्ति जारी गरेका छन् । पार्टीले उनलाई राष्ट्रिय सभा सदस्य बनाउने वचन दिएपछि उम्मेदवारी निष्क्रिय बनाएको उनले बताए ।

कांग्रेसले यो क्षेत्रमा विश्व पौडेललाई उम्मेदवार बनाएपछि बुर्लाकोटीले बागी उम्मेदवारी दिएका थिए ।
यो क्षेत्रमा नेकपा एमालेबाट सुरेन्द्र पाण्डे उम्मेदवार छन् ।