चितवन ३ मा एमालेले कांग्रेसका बागी उम्मेदवार कोइरालालाई समर्थन गर्ने
चितवन/मंसिर ४ मा हुने प्रतिनिधिसभाको चुनावका लागि चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका एमालेका रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता भएको छ । निर्वाचन आयोगका अनुसार एमाले अध्यक्ष केपी ओलीले पत्र पठाएपछि उम्मेदवार न्यौपानेको उम्मेदवारी सूचीबाट हटाइएको हो ।
एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्ने भएको छ । चितवन ३ मा सत्ता गठबन्धनबाट माओवादीका भोजराज अधिकारी उम्मेदवार बनेका छन् ।