डेङ्गी संक्रमणका कारण अहिलेसम्म ४४ जनाको मृत्यु
काठमाण्डौ/डेङ्गी संक्रमणका कारण नेपालमा अहिलेसम्म ४४ जनाको मृत्यु भएको छ ।गएको साउनदेखि अहिलेसम्म ३३ हजार नौ सय ७५ जनामा डेङ्गी संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म सातै प्रदेशका ७६ जिल्लामा डेङ्गी फैलिएको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार पाँच सय ४६ जनाको नमुना परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा २६ जना संक्रमित निको भएका छन् । अहिले सक्रिय संक्रमितको सङ्ख्या पाँच सय ६९ छ ।