भोलिदेखि धेरै ठाउँमा वर्षा

काठमाण्डौं/सामान्यतया अक्टोबर दुई अर्थात हिजो नै नेपालबाट बाहिरिनुपर्ने मनसुन अझै केही दिन सक्रिय हुने भएको छ । अहिले बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमतर्फ सर्दै जाने क्रममा भोलिदेखि नेपालमा पनि यस प्रणालीको प्रभाव पर्ने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

भोलि देशभर आंशिकदेखि सामान्यतया बदली रही प्रदेश १, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।

यस्तै पर्सी बुधवार अर्थात दशैँको टीकाको दिन देशभर बादल लागेर धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । बुधवार पश्चिमी क्षेत्रमा बढी पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहिवारदेखी मौसम सुधार हुन थाल्नेछ । मंगलवार र बुधवार यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।