फरार प्रतिवादी पक्राउ

चितवन/प्रहरीले लागुऔषध मुद्दामा २ वर्ष १ महिना कैद फैसला गरि फरार रहेको प्रतिवादी पक्राउ गरेको छ । चितवन जिल्ला अदालतले २०७७ पुष २० गते २ वर्ष १ महिना कैद र १ लाख दुई हजार जरिवाना तोकेको भरतपुर महानगरपालिका ७ बस्ने ३५ वर्षको मिनबहादुर गुरुङलाई पक्राउ गरेको हो ।
उनलाई कैद तथा जरिवाना भुक्तानको लागि आज चितवन जिल्ला अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यलय चितवनले जानकारी दिएको छ ।