आजबाट खसीबोकाको स्वास्थ्य परीक्षण सुरु

काठमाण्डौं/दसैं नजिकिएसँगै आजबाट पशु सेवा विभागले उपत्यकाको १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । यो क्रम दसैंको नवमीसम्म जारी रहनेछ । त्यसका लागि ५० जना पशु चिकित्सकको टोली खटिँदैछ ।

खसीबोकाको स्वास्थ्य परीक्षण गरेर स्वस्थकर खसीबोकाको सिङमा हरियो र अस्वस्थकरको सिङमा रातो रङको स्टिकर लगाइने पशुसेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा चन्द्र ढकालले जानकारी दिनुभयो।

कलंकी, टुकुचा, चन्द्रागिरि, चाल्नाखेल, बालाजु, टोखा, बल्खु, लोकन्थली, सल्लाघारी लगायत क्षेत्रमा स्वास्थ्य परीक्षण हुन लागेको हो । यो वर्षको दसैंमा उपत्यकामा ६० हजार खसीबोका खपत हुने अनुमान गरिएको छ ।