अमलेखगञ्जदेखी लोथरसम्म पाइपलाइन बनाउन सैद्धान्तिक स्वीकृति

काठमाण्डौं/बाराको अमलेखगञ्जदेखी चितवनको लोथरसम्म पाइपलाइन बनाउन सरकारले सैद्धान्तिक स्वीकृति दिएको छ ।

अमलेखगञ्जदेखि लोथरसम्मको पाइपलाइन ६२ किलोमिटर लामो हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । हाल भारतको मोतिहारीदेखि आमलेखगञ्जसम्म ६९ किलोमिटर पाइलाइन सञ्चालनमा छ । सो पाइपलाइन अब लोथरसम्म आइपुग्ने छ ।