दसैंको फूलपातीको अघिल्लो दिनदेखि टीकाको भोलिपल्टसम्म राजमार्गमा मालवाहक गाडी चलाउन रोक
काठमाण्डौं/दसैंको फूलपातीको अघिल्लो दिनदेखि टीकाको भोलिपल्टसम्म राजमार्गमा मालवाहक गाडी चलाउन नपाइने भएको छ । यातायात व्यवस्था विभागले बुधबार सरोकारवाला निकायसँग छलफल गर्दै दसैंको यातायात सु–व्यवस्था तथा सडक सुरक्षाका लागि भन्दै सष्टीदेखि एकादशी ९दसैंको टीकाको भोलिपल्ट० सम्म मालवाल गाडी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
दसैंका समयमा बढ्ने सार्वजनिक यातायातको चाप र सडक सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । तर, अत्यावश्यक खाद्यान्न लगायतका ढुवानीका साधनहरुलाई पनि नरोकिने विभागले जनाएको छ ।
आगामी असोज १ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको विभागले दसैंको पहिलो दिन घटस्थापनाको दिनदेखि पूर्णिमाको दिनसम्म सबै सर्वाजनिक गाडीहरूको रुट पर्मिट खुल्ला गर्ने समेत निर्णय गरेको छ ।