थप २३० जनामा कारोना संक्रमण, २ जनाको मृत्यु
काठमाण्डौ/देशभर पछिल्लो २४ घण्टामा थप २३० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३८३६ जनामा गरिएको नमूना परीक्षणमा २३० जना संक्रमण पुष्टि भएको हो ।
सो समयावधिमा ७८ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यस्तै थप २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।