आउँदो बुधवार चितवनसहित तीन जिल्लामा सार्वजनिक बिदा
चितवन/आउँदो बुधवार बाग्मती प्रदेश सरकारले चितवनसहित तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
चेपाङ समुदायको न्वागी (छोनाम) को अवसरमा प्रदेश सरकारले भदौ २२ गते बुधवार चितवन, मकवानपुर र धादिङ जिल्लाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमवार सूचना प्रकाशित गरी यो जानकारी गराएको हो ।