मदन भण्डारी फाउन्डेसनका अध्यक्ष डा. भट्टराईले चितवन-२ बाट चुनाव लड्न आवेदन दिए
चितवन/मदन भण्डारी फाउन्डेसनका अध्यक्ष तथा उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष डा तिलचन्द्र भट्टराईले चितवन-२ बाट संघीय सांसदमा चुनाव लड्न आवेदन दिएका छन् । डा भट्टराईले नेकपा एमाले क्षेत्रीय समन्वय कमिटीमा उम्मेदवार बन्ने आकांक्षा राख्दै आज शनिबार आवेदन दिएका हुन् । भट्टराईसँगै एमालेका पोलिटव्युरो सदस्य देवी ज्ञवाली, चितवन–२ बाट हालका सांसद कृष्णभक्त पोखरेलले पनि आवेदन दिएका छन् ।
यस्तै संविधान सभा सदस्य शिवकुमारी गोतामे र कृषिविज्ञ डा कृष्ण पौडेलले उम्मेदवारको आकांक्षा व्यक्त गर्दै आवेदन दिएका छन् ।