कक्षा १२ को नतिजा सार्वजनिक
काठमाण्डौं/कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केही बेरअघि बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा प्रकाशन गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।
राष्ट्रिय परीक्षा बोर्डले गएको जेठ १६ गते देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले नयाँ ग्रेडिङ पद्धतिअनुसार नतिजा प्रकाशन गरेको जनाएको छ । ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित भएको परीक्षा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अङ्क नल्याए ग्रेड सिटमा एनजी अर्थात् (नन ग्रेडिङ) उल्लेख हुने बोर्डका प्रमुख शर्माले जानकारी दिनुभयो ।
यसरी हेर्न सकिन्छ नतिजा–
वेबसाइट:
राष्ट्रिय परीक्षा बाेर्डकाे वेबसाइट : www.neb.gov.np
नेपाल टेलिकमकाे वेबसाइट : www.neb.ntc.net.np
एसएमएस सेवा:
नेपाल टेलिकमकाे १६०० मा एमएमएस गर्ने तरिका : NEB <space> Symbol No. टाइप गरी १६०० मा एसएमएस गर्ने ।
आईभीआर सेवा:
नेपाल टेलिकमकाे १६०१ नम्बरमा डायल गरी प्राप्त नतिजाअनुसार नतिजा प्राप्त गर्न सकिनेछ ।