नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सचिवालय सदस्य सन्तोष बुढा मगर (विषम) को प्रमुख आतिथ्यतामा भएको सम्मेलनबाट निर्वाचित केन्द्रीय समितिको पहिलाे बैठकले पदाधिकारी चयन गरेको छ । जसमा अध्यक्ष शेर बहादुर विश्वकर्मा, उपाध्यक्ष जानकी चाैधरी, महासचिव आलाेक लिम्बू, सचिव वसन्त विश्वकर्मा र काेषाध्यक्ष दीपेश विष्टलाई चयन गरेको छ । सम्मेलनबाट निर्वाचित सदस्यहरूमा सुदर्शनराज पाण्डे, शाेभराज बराल, साहस भट्ट, दाना केसी, दिपेश शाही, केबी गाउँले, जगदीशनाथ याेगी, धर्मसिंह विक, सुर्य बराल, प्रविण अधिकारी, हर्क घर्ती, सुमन श्रेष्ठ सर्गम, कर्ण विश्वकर्मा, कर्ण बस्याल, राजेन्द्र रावत क्षेत्री, अनिता गजमेर, हेमन्त प्रकाश वली, गणेश एसके, बादल शाही, सुन्दर तामाङ, उपेन्द्र रावल, पुस्पा साउद, खेमराज बुढा, भरत दास,खकेन्द्र केसी, अशोक शाही, वीरेन्द्र बिसी, हिमाञ्चन, हिमचुली, उपेन्द्र रावल, जंग रेउले, केबी गुरुङ, गोपाल चन्द, निरुता विक, ध्रुव गौडेल, विष्णु विक, सुरेन्द्र सापकोटा, भरत विश्वकर्मा, कमल विक, पुनम हमाल, कृष्ण विक, भीष्म कोइराला, यदुनाथ दाहाल रहेका छन् ।
प्यानल प्रस्ताव जनपत्रकार संगठन नेपालका फ्याक्सन इन्चार्ज वसन्त श्रेष्ठ प्रज्वलनले गरेका थिए । नेकपा सचिवालय सदस्य सन्ताेष बुढा मगरले नवनिर्वाचित समितिलाई प्रशिक्षित गरेका थिए । नेकपाका केन्द्रिय सदस्य तथा श्रमिक समुदाय नेपालका अध्यक्ष रामलाल विश्वकर्माले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना मन्तव्य राखेका थिए । काठमाडौँमा ११ र १२ गते गरी दुई दिन चलेको उक्त राष्ट्रिय सम्मेलनमा देशैभरीबाट प्रतिनिधिहरू सहभागी थिए ।