नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी

चितवन/चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा लेदोसहितको पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी अवरुद्ध भएको छ । आज बिहान करिब ६ः४५ बजे लेदोसहितको पहिरो खसेपछि बाटो एकतर्फी अवरुद्ध भएको हो ।

बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यो वर्ष केराबारीमा पहिरो झरेर धेरै पटक बाटो अवरुद्ध भएको छ ।