सक्रिय राजनीति गर्ने शिक्षकलाई खैरहनी नगरपालिकाले कारवाही गर्ने

चितवन/विगतमा जिल्लाको उत्कृष्ट नगरपालिका घोषित हुँदै आइरहेको पूर्वीचितवनको खैरहनी नगरपालिले नयाँ जनप्रतिनिधि आएसंगै थप रचनात्मक कार्य अगाडि बढाउन थालेको छ ।

युवा मेयर शशी खनियाँले नगरपालिकालाई व्यवस्थित बनाउन लागि परिरहेका छन् । उनले शुक्रबार एउटा विज्ञप्ती निकालेरै सक्रिय राजनीतिमा लाग्ने शिक्षकहरुलाई कारवाही गर्ने चेतावनी दिएका छन् । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु विभिन्न राजनीतिक पार्टीमा संलग्न भई सक्रिय रुपमा पार्टीको कार्यकारी पदमा रही काम गरेको र राजनीतिक पार्टीको अधिवेशनमा भाग लिई सक्रिय राजनीतिमा सहभागिता जनाएसंगै विद्यालयको पठनपाठन प्रभावित भएको जनगुनासो आएकाले यस्तो कदम चाल्न बाध्य भएको मेयर खनियाँले बताएका छन् ।