मनसुन फेरि सक्रिय
काठमाण्डौ/मनसुन फेरि सक्रिय भएको छ । अबको एक/दुई नै देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले लुम्बिनी प्रदेशमा मौसम सामान्यदेखि पूर्ण बदली रहेर केही ठाउँमा मध्यम वर्षा भइरहेको छ । त्यस्तै गण्डकी प्रदेशका थोरै ठाउँ तथा प्रदेश-१ र कर्णाली प्रदेशका एकरदुई ठाउँमा पनि हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो पनि प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मनसुन सक्रिय हुने र पानी पर्ने भएकाले केहीदिनदेखि बढेको गर्मी घट्नेछ । कतै एकैछिन घाम लाग्ने अनि त्यसपछि बादल लाग्ने र पानी पर्नेक्रम भइरहने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।
आजराति पनि देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ । प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।