चितवनमा बन्दकर्ताद्धारा ६ वटा सवारी साधनमा तोडफोड, ५ जना प्रहरी नियन्त्रणमा
चितवन/चितवनको भरतपुर महानगरपालिकाको बिभिन्न स्थानमा बन्द कर्ताहरुले बन्दको अबज्ञा गरेको भन्दै सवारी साधनमा तोडफोड गरेका छन् । जिल्ला प्रहरी कार्यलय चितवनले दिएको जानकारी अनुसार बन्दकर्ताहरुले प्रदेश३.०.०१क०३१२ नं.को कार,ना८ख४२५९ नं.को बस, ना५ख२२६३ नं.को ट्रक,ना५ख१४३१ नं.बस, ना४ख८३२५ नं.ट्रक,प्रदेश२.०.३.००१ख००९८ नं.को.बसमा बन्दकर्ताले ढुङ्गाले हान्दा सिसामा सामान्य क्षति पुगेको हो । उक्त क्रियाकलापमा संलग्न रहेको हुन सक्ने आशकामा ५ जना बन्द कर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका २३ बस्ने बर्ष ३५ को अमित घिसिङ, बारा घर भइ हाल भरतपुर महानगरपालिका ९ बस्ने बर्ष २१ को राजन बाबु सिह, भरतपुर महानगरपालिका ७ बस्ने बर्ष ३२ को सुरज शर्मा सोहि स्थान बस्ने बर्ष २४ को सुदिप पौडेल र भरतपुर २ क्षेत्रपुर बस्ने बर्ष ३९ को गणेश श्रेष्ठ रहेका छन् ।
उनिहरुको साथबाट ४ थान मोटरसईबल पनि नियन्त्रणमा लिइएको छ ।
जिल्लामा बन्दको सामान्य प्रभाव परेको छ । लामो दुरीका सवारी साधनलाई स्कर्टिङ गरेर गन्तव्यतर्फ पठाइएको छ । विप्लव नेतृत्वको नेकपासहित चार दलले आज नेपाल बन्दको घोषणा गरेका थिए ।